संसद् सचिवालयले आह्वान गरेको बैठकमा कुन दलबाट को सहभागी ?
सारांश
- सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक सिंहदरबारमा बस्यो।
- बैठकमा राष्ट्रपतिले बोलाएको पहिलो बैठक कसरी अगाडि बढाउने भन्नेबारे छलफल भयो।
- राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको सहभागिता रह्यो।
काठमाडौँ । सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बसिरहेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५, नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ तथा नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११ जना सांसद सहभागी छन् ।
प्रतिनिधि सभा निर्वाचनपछि बसेको पहिलो औपचारिक बैठकमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि दिउँसो २ बजे बोलाएको पहिलो बैठक कसरी अगाडि बढाउने भन्नेबारे छलफल भइरहेको छ ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याल, कवीन्द्र बुर्लाकोटी, विपीन आचार्य, समीक्षा बास्कोटा र प्रकाशचन्द्र परियार सहभागी छन् । कांग्रेसबाट मोहन आचार्य र उर्मिला थपलिया, एमालेबाट गुरु बराल र गणेश ठगुन्ना सहभागी छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीबाट वर्षमान पुन, श्रम संस्कृति पार्टीबाट आरेन राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुस्बु ओली सहभागी छन् । त्यसबाहेक बैठकमा सरकारका प्रतिनिधि र सङ्घीय संसद् सचिवालयका अधिकारीहरू सहभागी छन् ।
प्रतिनिधि सभा निर्वाचनबाट यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ६ दलले प्रतिनिधित्व सुनिश्चित गरेका छन् । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले निर्वाचन जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण