संसद्
राष्ट्रियसभाले उपाध्यक्ष र समिति सभापति चयन प्रक्रिया अगाडि बढाउने
बुधबार, १८ चैत २०८२, १७ : ३०
सारांश
- राष्ट्रियसभाले भोलिबाट सुरु हुने अधिवेशनमा उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउनेछ।
- सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपाध्यक्ष र सभा अन्तर्गतका समितिका सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति गरेको छ।
- अधिवेशनमा नयाँ सदस्यहरूलाई समितिमा विभाजन लगायतका विषयमा पनि छलफल भएको बताइएको छ।
काठमाडौँ । राष्ट्रियसभाले भोलिबाट सुरु हुने अधिवेशनमा सभाको उपाध्यक्ष र समितिका सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने भएको छ । अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले उपाध्यक्ष र सभा अन्तर्गतका समितिका सभापति चयन प्रक्रिया अगाडि बढाउने सहमति जुटाएको हो ।
त्यस्तै, अधिवेशनमा नयाँ निर्वाचित भएर आएका सदस्यहरूलाई समितिमा विभाजन लगायत विषयमा पनि बैठकमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको प्रतिनिधिका रूपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण