उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन हस्तान्तरण
सारांश
- तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा उच्च अदालतको इजलास कक्ष भवन हस्तान्तरण गरियो ।
- नगरप्रमुखले भवन निर्माणको कारण र सहयोगबारे जानकारी गराए ।
- मुख्य न्यायाधीशले सहयोगका लागि धन्यवाद व्यक्त गरे र फर्निचर सामग्री पनि प्राप्त भयो।
दाङ । तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उच्च अदालत तुलसीपुरको इजलास कक्ष भवन बुधबार हस्तान्तरण गरिएको छ । नगरप्रमुख टिकाराम खड्काले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीलाई भवन हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख खड्काले नगरपालिकाको भवन पूर्ण रूपमा ध्वस्त भएपछि आफूहरूले पाल टाँगेर सेवा प्रवाह गरेको र अदालतको अवस्था पनि त्यस्तै भएकाले नागरिकलाई सेवा प्रवाह गर्न सहज होस् भन्ने उद्देश्यले अदालत परिसरमा रु १५ लाखको लागतमा भवन निर्माण गरिएको बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा अदालतको भवन पूर्ण रूपमा क्षतिग्रस्तपछि गाडी राख्ने ग्यारेजमा अस्थायी टहरा निर्माण गरी सेवा प्रदान भइरहेको छ ।
त्यस अवसरमा मुख्य न्यायाधीश राजेश्वर तिवारीले अदालतका संरचना पूर्ण रूपमा जलेर ध्वस्त भए पनि सेवा प्रवाह नरोकिएको बताए । सङ्कटको कठिन समयमा उपमहानगरपालिकाले गरेको सहयोगप्रति उनले धन्यवाद ज्ञापन गरे । बुधबार नै उपमहानगरपालिकाले सोही अदालतलाई रु छ लाख मूल्य बराबरका फर्निचर सामग्री पनि सहयोग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण