नेपाल प्रहरीमा ठुलो संख्यामा भर्ना खुल्यो, कुन पदमा कति जनशक्ति माग ?
शुक्रबार, २० चैत २०८२, ०७ : १७
सारांश
- नेपाल प्रहरीले विभिन्न प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ।
- प्रहरीले निरीक्षक, नायव निरीक्षक, सहायक निरीक्षक र प्रहरी जवान पदका लागि आवेदन मागेको छ।
- इच्छुक उम्मेदवारले प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत आवेदन दिनुपर्नेछ।
काठमाडौं । नेपाल प्रहरीले विभिन्न प्राविधिक विधाका लागि ठूलो संख्यामा नयाँ भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक पदहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
प्रहरीले प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आवेदन मागेको छ ।
सूचना प्रविधि, सञ्चार, भौतिक पूर्वाधार, सवारी, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, स्वास्थ्य र संगीत विधाका लागि जनशक्ति मागेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले नेपाल प्रहरीको अनलाइन रिक्रुटमेन्ट म्यानेजमेन्ट सिस्टम मार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण