म्यानमारमा पूर्व जुन्ता प्रमुख बने नयाँ राष्ट्रपति
सारांश
- म्यानमारको संसद्ले सेना प्रमुख मिन आङ हलायाङलाई नयाँ राष्ट्रपतिमा चयन गरेको छ।
- हलायाङले विपक्षी उम्मेदवार न्यो साउलाई पराजित गर्दै राष्ट्रपति पदमा आसीन भएका हुन्।
- सन् २०२१ को सैन्य कुपछि सुरु भएको अस्थिरता र गृहयुद्धका बीच हलायाङ राष्ट्रपति बनेका छन्।
काठमाडौँ । मिन आङ हलायाङ्लाई शुक्रबार म्यानमारको युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टी र सैन्य बाहुल संसद्को समर्थनमा राष्ट्रपति चयन भएका छन् ।
यस मतपत्रमार्फत हलायाङ्ले विपक्षी सेवानिवृत्त जनरल न्यो साउलाई पराजित गरेर राष्ट्रपति बनेका छन् । संसद्मा हलायाङ्को पक्षमा ४२९ मत र साउको पक्षमा १२६ मत खसेको थियो ।
६९ वर्षीय सेना प्रमुखको सत्ता यात्रा २०२१ मा नोबेल शान्ति पुरस्कार विजेता आङ सान सू कीको निर्वाचित सरकारलाई पल्टाएर उनीलाई पक्राउ गरेपछि सुरु भएको थियो ।
त्यसपछि देशभर व्यापक विरोध प्रदर्शन सुरु भयो, जुन सेनाको सरकारविरुद्धको सशस्त्र प्रतिरोधमा परिणत भएको थियो । यसले देशलाई पाँच वर्ष लामो गृहयुद्ध र राजनीतिक अस्थिरताको चपेटामा ल्याएको छ ।
डिसेम्बर–जनवरीमा भएको विषम चुनावको परिणामपछि मिन आङ हलायाङको राष्ट्रपति पदमा आसीन भएका हुन् । उक्त चुनावमा सेना समर्थित पार्टीको विशाल विजय भएको थियो र पश्चिमी सरकारहरूले यसलाई लोकतन्त्रको आवरणमा सैन्य शासनलाई कायम राख्ने नक्कली चुनावको भन्दै आलोचना गरेका थिए ।
शुक्रबारको मतदानमा, सेनाले नियुक्त गरेको सांसद र युनियन सोलिड्यारिटी एन्ड डेभलपमेन्ट पार्टीका सांसदहरू हलायाङलाई समर्थन गरेका थिए ।
यससँगै उनले सेना प्रमुखको रूपमा आफ्नो अधिकारलाई नागरिक राष्ट्रपति पदमा रूपान्तरण गरेका छन् । विश्लेषकहरूले यसलाई म्यानमारमा सत्ताको केन्द्रीकरण र लोकतान्त्रिक ढाँचामा ढाकछोप गरिएको सैन्य शासनको स्पष्ट उदाहरण भएको बताएका छन् । पाँच वर्षअघि सुरु भएको सैनिक कूपछि मुलुकले व्यापक अस्थिरता, आर्थिक सङ्कट, र हजारौँ नागरिकको विस्थापनको सामना गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण