'अनुसन्धानको प्रहरी हुँ' भन्दै अपहरण गर्ने व्यक्ति गौशालाबाट पक्राउ
सारांश
- राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै अपहरण गर्ने मकवानपुरका ५३ वर्षीय दीपक खड्का पक्राउ परेका छन्।
- आरोपी खड्काले सूर्यविनायकका पूर्ण बहादुर थापालाई होटलमा लगेर डरधम्की देखाई अपहरण तथा शरीर बन्धक बनाएका थिए।
- काठमाडौँको गौशालाबाट पक्राउ परेका खड्का विरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।
भक्तपुर। आफूलाई राष्ट्रिय अनुसन्धान विभागको प्रहरी अधिकारी बताउँदै एक व्यक्तिको अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका वडा नं. ३ घर भएका ५३ वर्षीय दीपक खड्का रहेका छन् ।
गत माघ २८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय पूर्ण बहादुर थापाको घरमा पुगेर खड्काले आफू 'अनुसन्धान विभागको प्रहरी' भएको भनी परिचय दिएका थिए। उनले थापालाई होटलमा पुर्याई डर, धाक र धम्की देखाएर अपहरण तथा शरीर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
फरार रहेका खड्कालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-८ गौशाला क्षेत्रबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले पक्राउ परेका खड्कामाथि 'अपहरण तथा शरीर बन्धक' कसुर अन्तर्गत मुद्दा दर्ता गरिएको छ। अदालतबाट म्याद थप गरी उनीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
-
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
-
सालुले आफैँलाई जलाउनुको कारण श्रीमानसँगको विवाद
-
‘हेलो सरकार’ मा एकै दिन १ हजार ४४२ गुनासो, ९२९ वटा व्यवस्थापन
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण