इरानको ड्रोन आक्रमणमा परेर घाइते ७ नेपाली खतरामुक्त
सारांश
- दुबईमा इरानको ड्रोन आक्रमणबाट घाइते भएका सातै जना नेपाली नागरिकहरू खतरामुक्त रहेका छन्।
- घाइतेमध्ये छ जना उपचारपछि काममा फर्किसकेका छन् भने एक जनाको उपचार जारी छ।
- परराष्ट्र मन्त्रालय र दुबईस्थित नेपाली दूतावासले घाइतेहरूसँग निरन्तर सम्पर्क गरिरहेका छन्।
काठमाडौँ । दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको जनाइएको छ । उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे हाे ।
घाइतेमध्ये ६ जना उपचार गराएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ । उपचाररत घाइते पनि खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बताए ।
उनले पश्चिम एसियाली देशहरूमा चर्केको द्वन्द्व कारण बिदाका दिन पनि परराष्ट्रका अधिकारीहरू घटनाको जानकारी सङ्कलनमा जुटिरहेका छन् । दुबईस्थित नेपाली दूतावासले पनि सबै घाइते खतरामुक्त रहेको जनाएको छ ।
दूतावासले घाइते नेपालीहरुसँग फोन सम्पर्क भइरहेको जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएकाहरूमध्ये चार जनालाई आजै दूतावासका अधिकारीहरू भेटघाट समेत गरेका छन् ।
‘उनीहरू चारै जनाको अवस्था ठिक छ, आवश्यक सहयोगका लागि समन्वय भइरहेको छ’ प्रवक्ता क्षेत्रीले भने, ‘अन्य बाँकी ३ जनासँग पनि कर्मचारीले चाँडै प्रत्यक्ष भेटेर जानकारी लिने तयारी भइरहेको छ ।’ उनले अस्पतालमा उपचारत रहेका नेपालीसँग पनि फोन सम्पर्क भएको बताए । उपचाररत नेपाली पनि स्वस्थ्य हुँदै गएका र केही दिनमा डिस्चार्ज हुने मन्त्रालयले जनाएको छ ।
दुबई लगायत अन्य मुलुकमा पनि परराष्ट्र मन्त्रालयले नियमित जानकारी लिइरहेको प्रवक्ता क्षेत्रीले बताए । अप्ठ्यारो परेकालाई सम्बन्धित निकायहरूबाट समयमै सहयोग भइरहेको उनले बताए ।
क्षेत्रीले कसैलाई कुनै प्रकारको समस्या भएमा परराष्ट्र मन्त्रालय वा सम्बन्धित दूतावासमा सम्पर्क गर्न सार्वजनिक अपिल गरिएको पनि जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण