रियल मड्रिड स्तब्ध, घरेलु टोली मायोर्कासँग पराजित
काठमाडौँ। स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल मड्रिडले अप्रत्याशित हार बेहोरेको छ ।
शनिबार राति भएको खेलमा रियल मड्रिड घरेलु टोली मायोर्कासँग २–१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी घटाउने महत्त्वपूर्ण अवसर गुमाएको छ ।
खेलको ४२ औं मिनेटमा मानु मोर्लानेसले गोल गर्दै मायोर्कालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा मायोर्काले १–० को अग्रता कायम राख्यो ।
खेलको अन्त्यतिर रियल मड्रिडले पुनरागमनको प्रयास गरेको थियो । ८८ औँ मिनेटमा एडर मिलिटाओले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। तर, इन्जुरी समयको पहिलो मिनेटमा वेदात मुरिकीले गोल गर्दै मायोर्कालाई सनसनीपूर्ण जित दिलाए ।
यो हारपछि रियल मड्रिडको ३० खेलबाट ६९ अंक छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलबाट ७३ अंक छ र रियलले अंकदूरी घटाउने मौका गुमाएको छ । अब बार्सिलोनाले आज राति लिगको चौथो स्थानमा रहेको एट्लेटिको मड्रिडसँग खेल्दैछ, जसले उपाधि होडलाई थप रोमाञ्चक बनाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण