संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची
सारांश
- संघीय संसदको दुवै सदनको बैठक आज बस्ने भएको छ।
- प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचनबारे प्रस्ताव पेश हुनेछ।
- राष्ट्रियसभा र प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेश गर्नेछन्।
काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।
सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण