धुलिखेल–खावा सडक: चार वर्षदेखि अलपत्र चार किलोमिटर खण्डको के छ अवस्था ?
सारांश
- धुलिखेल–खावा सडक खण्डको निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण चार वर्षदेखि अलपत्र परेको छ।
- डिभिजन सडक कार्यालय भक्तपुरले आगामी वैशाख महिनाभित्र सडक कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ।
- कालोपत्र कार्यलाई तीव्रता दिन चैत २१ गतेदेखि ३० गतेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
काठमाडौँ । काठमाडौँलाई चीनसँग जोड्ने अरनिको राजमार्गको एक महत्त्वपूर्ण खण्ड हो— धुलिखेल–खावा सडक । तर विडम्बना, केवल ४ किलोमिटरको यो छोटो दूरी पार गर्न यात्रुहरूले चार वर्षदेखि सास्ती भोगिरहेका छन् । ठेकेदारको चरम लापरबाहीले यो लथालिङ्ग अवस्थामा छ ।
लामो समय सास्ती भोगेपछि पुरानो तोडेर नयाँ ठेक्कामार्फत यस सडक खण्डको स्तरोन्नति कार्यले पुनः गति लिएको छ । अघिल्लो निर्माण कम्पनीको ढिलासुस्तीका कारण ठेक्का रद्द गरेर कार्यालयले पुनः ठेक्का लगाएपछि काम भइरहेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरले आगामी वैशाख महिनाभित्र कालोपत्र सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ ।
डिभिजन प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार कालोपत्रका लागि बेस तयार भइसकेको छ । करिब साढे दुई किलोमिटर खण्डमा एक लेनको सीटीबी (सिमेन्ट ट्रिटेड बेस) तयार भइसकेको छ ।
डिभिजन प्रमुख योगेशले भने, ‘हाम्रो सम्झौता अवधि आगामी मंसिरसम्म भए पनि हामीले वैशाखभित्रै पिचको काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । पिच सकिएपछि सडक मार्किङ र स्लोप प्रोटेक्सनका कामहरू हुनेछन् ।’
यो खण्ड विस्तार सम्पन्न गर्ने सम्झौता अवधि आगामी मंसिरसम्म भए पनि वैशाखभित्रै पिच गरिसक्ने गरी काम गरिरहेको उनले बताए । पिचको काम सकिएपछि सडक मार्किङ, मर्मतसम्भार र स्लोप प्रोटेक्सनका केही कामहरू मात्र बाँकी रहने उनले जानकारी दिए । यद्यपि बिटुमिन लगायत निर्माण सामग्रीको मूल्य वृद्धि भएकाले लक्षअनुरुप काम गर्न केही चुनौती थपिन सक्ने उनको संकेत छ ।
_tlHWNmedfD.jpg)
कार्यालयले यस खण्डको स्तरोन्नति तथा कालोपत्र कार्यलाई तीव्रता दिन १० दिनसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ ।
कालोपत्र भइरहेकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा चैत १९ गते बसेको सरोकारवालाहरूको बैठकले चैत २१ गतेदेखि ३० गतेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि चैत ७ गतेदेखि सडक बन्द गरेर कालोपत्र गरिने भनिएको थियो । तर वर्षात्का कारण काम हुन सकेन ।
_SJLl8vto67.jpg)
डिभिजन कार्यालय भक्तपुरका अनुसार एकैपटक पिच गर्ने, सडक चौडाइ विस्तार गर्ने तथा ढल र पानी निकासको व्यवस्थापन गर्ने कामलाई प्रभावकारी बनाउन सवारी आवागमन रोक्नुपरेको हो । यो अवधिमा एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सम्पूर्ण निजी तथा सार्वजनिक सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
यस सडकको दुरावस्थाको प्रमुख कारक अघिल्लो निर्माण कम्पनी ‘गौरी–पार्वती निर्माण सेवा’ को चरम ढिलासुस्ती नै हो । २२ महिनाभित्र काम सक्ने गरी सम्झौता भए पनि उक्त कम्पनीले काम नगरी समय मात्र खेर फाल्यो । सरकारी निकायले समयमै कारबाही गर्नुको साटो म्याद थप्ने र मौन बस्ने प्रवृत्तिले आयोजनालाई थप अलपत्र पारेको थियो । जब २०८१ फागुन १३ मा मात्र ठेक्का रद्द गर्ने आँट विभागले देखायो, तब निर्माण व्यवसायी काम सक्नतिर होइन, प्रक्रिया रोक्न अदालत पुगे । अदालतले मुद्दा खारेज गरेपछि मात्र नयाँ ठेक्काको बाटो खुल्यो ।
_anio1gNplQ.jpg)
२०७९ जेठ २० मा गौरी–पार्वती निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । २२ महिनामा काम सक्नुपर्ने सर्त भए पनि सन्तोषजनक काम नगरेपछि २०८१ फागुन १३ मा कार्यालयले ठेक्का रद्द गरेको थियो । ठेक्का रद्द भएपछि निर्माण व्यवसायी उच्च अदालत पाटन पुगेका थिए, तर अदालतले गत असार २५ गते उक्त मुद्दा खारेज गरिदिएपछि नयाँ प्रक्रिया अघि बढेको हो ।
साउन १ गते पुनः बोलपत्र आह्वान गरिए पनि देशमा भएको ‘जेनजी’ आन्दोलन, दशैँ, तिहारजस्ता कारणले सम्झौता प्रक्रियामा केही ढिलाइ भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
_XfbaMiwmg3.jpg)
नयाँ सम्झौता अनुसार भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँ (भ्याटबाहेक) मा विस्तार गर्ने उल्लेख छ । गत कात्तिक अन्तिम सातमा गरिएको ठेक्का सम्झौताअनुसार १४ महिनाभित्र काम सक्ने गरी ठेक्का लगाइएको हो । यसअघिको ठेक्का २० करोड १९ लाख रुपैयाँमा लागेको भए पनि काम हुन नसक्दा अहिले लागत करिब ११ करोड रुपैयाँले बढेको छ ।
चीनसँगको उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जाने यो मुख्य राजमार्ग समयमै नबन्दा यात्रुहरूले वर्षौँदेखि धुलो, हिलो र अत्यधिक ट्राफिक जामको सामना गरिरहेका छन् । ४ किलोमिटर लामो यो सडक खण्डलाई १२ मिटर चौडा पारेर कालोपत्र गर्ने कार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण