भक्तपुरका ३ वटा जुवा खालमा छापा, १९ जना पक्राउ
सारांश
- भक्तपुरका तीनवटा स्थानमा प्रहरीले छापा मारेर १९ जना जुवाडेलाई पक्राउ गरेको छ।
- प्रहरीले जुवा खालबाट ७० हजार रुपैयाँ नगद बरामद गरेको छ।
काठमाडौँ । प्रहरीले भक्तपुरमा सञ्चालित तीनवटा जुवा खालमा छापा मारेको छ । सो क्रममा १९ जना जुवाडेह पक्राउ परेका छन् । शनिवार साँझ जुवा खालमा छापा मारेर आरोपीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए ।
चाँगुनारायण नगरपालिका–८ स्थित सुडालमा रहेको दीपक प्रसाद तिमल्सिनाको घरमा तास खेलिरहेका ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुवा खाल सञ्चालक दीपक तिमल्सिना, श्याम खड्का, किरण केसी, राजेश केसी, अनिक घोरासाइनी, सुदर्शन थापा र दिपेन्द्र सिलवाल छन् । प्रहरीले जुवा खालबाट २७ हजार नगद बरामद गरेको छ ।
सुडालको चापाकोटमा सञ्चालित जुवा खालबाट २३ हजार नगद सहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । चापाकोटबाट पक्राउ पर्नेमा सानुकाजी खत्री, विष्णु श्रेष्ठ, कृष्ण प्रसाद रिजाल, रबिन्द्र खड्का, माधव गोतामे, पुजन रञ्जितकार र विक्रम दाहाल छन् ।
त्यस्तै भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइनमा सञ्चालित जुवा खालबाट २० हजार नगद सहित ५ जनालाई पक्राउ गरिएको एसपी खड्काले बताए । पक्राउ पर्नेमा बुद्धि बहादुर तामाङ, राजेश न्हेमाफुकी, सुमन ग्वाछा, ननि शाही र कुमार श्रेष्ठ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण