जम्बी फिल्म ‘प्रलय’मा देखिँदैछन् रणवीर सिंह
सारांश
- अभिनेता रणवीर सिंह अब हंसल मेहताको जम्बी फिल्म 'प्रलय'मा देखिने भएका छन्।
- जय मेहताले निर्देशन गर्ने उक्त फिल्ममा रणवीर सिंहसँगै कल्याणी प्रियदर्शन मुख्य भूमिकामा रहनेछिन्।
- करिब ३०० करोड भारु बजेटमा निर्माण हुने यो फिल्मको छायांकन २०२६ को मध्यबाट सुरु हुनेछ।
नयाँ दिल्ली । ‘धुरन्धर’पछि, रणवीर सिंह ‘प्रलय’मा देखिने भएका छन् । निर्माता हंसल मेहताले हालै आफ्नो जम्बी फिल्मबारे कुरा गरेका थिए । फिल्मलाई जय मेहताले निर्देशन गर्नेछन् । जय हंसल मेहताका छोरा हुन् । उनले आफ्नो बुबासँग मिलेर ‘स्क्याम १९९२ ’को सह–निर्देशन गरेका थिए । फिल्म हंसल मेहताको ब्यानरमा निर्माण हुनेछ । रणवीर सिंहको निर्माण कम्पनी पनि सहनिर्माता हुनेछ । फिल्मको बजेट लगभग ३०० करोड भारु रहेको बताइएको छ ।
कस्तो हुनेछ ‘प्रलय’को कथा ?
हलिउड रिपोर्टर इन्डियाको एक रिपोर्ट अनुसार, फिल्म ‘प्रलय’ जम्बी आतंकले भरिएको पोस्ट एपोक्यालिप्टिक विश्वको कहानी बताउने फिल्म हुनेछ । यसको कथा जय मेहता र विशाल कपूरले मिलेर लेखेका छन् । फिल्मको केही कहानी ‘ब्लाइन्डनेस’सँग मिल्दो भन्ने सुन्नमा आएको भएपनि ब्लाइन्डनेस जस्तो पुस्तकलाई फिल्ममा राम्रोसँग रूपान्तरण गर्न नसकिने हंसल मेहताले भनेका छन् ।
रणवीर सिंहको अतिरिक्त फिल्ममा कल्याणी प्रियदर्शन मुख्य अभिनेत्रीको रूपमा देखिनेछिन् । कल्याणी प्रियदर्शन प्रसिद्ध बलिउड निर्देशक प्रियदर्शनकी छोरी हुन् ।े हालैको उनका फिल्म ‘लोका’ निकै हिट भएको थियो । फिल्मको छायांकन २०२६ को मध्यमा सुरु हुने अपेक्षा गरिएको छ । फिल्ममा अन्तर्राष्ट्रिय टोलीले पनि काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण