शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिणी लेबनानमा ९० हेज्बोल्लाह लडाकु मारिए

आइतबार, २२ चैत २०८२, १५ : १४
आइतबार, २२ चैत २०८२

सारांश

  • इजरायली सेनाले दक्षिणी लेबनानमा जारी द्वन्द्वका क्रममा ९० जना हेज्बोल्लाह लडाकु मारिएको दाबी गरेको छ।
  • पछिल्लो २४ घण्टामा मात्रै इजरायली हवाई आक्रमणबाट दुई जना लडाकुको मृत्यु भएको र समूहका पूर्वाधार ध्वस्त पारिएको छ।
  • इजरायलको सैन्य कारबाहीका कारण लेबनानमा करिब १२ लाख मानिस विस्थापित भएका छन्।

काठमाडौँ । इजरायली सेनाले दक्षिणी लेबनानमा पुनः सुरु भएको द्वन्द्वयता हेजबुल्लाका ९० जना लडाकु मारिएको दाबी इजरायली सेनाले गरेको छ । 

इजरायली सैन्य पक्षका अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई जना हेज्बोल्लाह लडाकु मारिएका छन् । हवाई हमलामार्फत समूहका पूर्वाधारहरू ध्वस्त पारिएको छ ।

गत मार्चको सुरुवातमा हेज्बोल्लाहले इरानको समर्थनमा रकेट आक्रमण सुरु गरेको थियो । यो आक्रमण इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या पछि भएको थियो । त्यसपछि इजरायलले राजधानी बेरुतसहित लेबनानभरि लगातार आक्रमण गर्दै आएको छ । 

इजरायलले आफ्नो सैन्य कारबाहीलाई अझै गहिरो बनाउँदै लेबनानी भूभागमा प्रवेश बढाएको छ, जसका कारण करिब १२ लाख मानिस विस्थापित भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप