फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्याे सकुशल उद्धार
सारांश
- पोखराको फेवातालमा अचानक आएको हावाहुरीका कारण फसेका ११ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
- सशस्त्र प्रहरी बलको टोलीले तालको बीच भागमा अलपत्र परेका उनीहरूको उद्धार गरेको हो।
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालको बिच भागमा अलपत्र परेका ११ जनाको आइतबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ् गरिरहेका उनीहरु सो तालको बिच भागमा फसेका थिए ।
उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ.म.को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षिय सागर भुजेल, २० वर्षिय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ वर्षिया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षिया सन्जिता पुन, २० वर्षिया सुमिना तामाङ, २२ वर्षिया सुष्मा पुन, २० वर्षिया संजिता मगर, १९ वर्षिया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षिय आयान, २८ वर्षिय अश्लाम र २६ वर्षिय स्याडब रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण