मन्त्रिपरिषद्को दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
आइतबार, २२ चैत २०८२, १९ : ४८
सारांश
- मन्त्रिपरिषद्ले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ।
- सोमबारदेखि सरकारी कार्यालय र सार्वजनिक निकायको समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको छ।
- कात्तिक १६ देखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ।
काठमाडौँ । मन्त्रिपरिषद्को दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित भएको हो।
सोमबारबाट लागू हुने गरी सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने शैक्षिक संस्थाबाहेक उल्लिखित कार्यालय तथा निकायहरूको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म हुने निर्णय राजपत्रमा प्रकाशित भएको हो ।
तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय बिहान ९ः०० बजेदेखि अपराह्न ४ः०० बजेसम्म कायम गर्ने निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण