शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पार्टी शून्यमा झरेपछि जसपा नेपालका महासचिवले दिए राजीनामा

आइतबार, २२ चैत २०८२, २० : २१
आइतबार, २२ चैत २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव राम कुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

आम निर्वाचन २०८२ मा पार्टीले एक सिट पनि जित्न नसकी शून्यमा झरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा घोषणा गरेका हुन् । 

एक विज्ञप्ति जारी गर्दै शर्माले मधेस आन्दोलनको जगमा स्थापित ५२ सिटको पार्टी शून्यमा खुम्चिनुलाई ूसामूहिक अयोग्यता र अक्षमताको प्रमाणू भनेका छन्। उनले जनताको जनादेशलाई स्वीकार गर्दै नैतिकताको आधारमा राजीनामा दिएको बताए । 

शर्माले निर्वाचनमा बालेन्द्र साह नेतृत्वको रास्वपाको जितलाई विगतका दलहरूको कुशासन, भ्रष्टाचार र बेथितिविरुद्धको जनमतको रूपमा व्याख्या गरेका छन् ।

उनले आफूलाई जिम्मेवारी दिने पार्टी अध्यक्ष उपेन्द्र यादवप्रति आभार व्यक्त गर्दै पदत्याग गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप