आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
सारांश
- आज सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ ।
- प्रतिनिधिसभाको बैठकमा तीन अध्यादेश स्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ ।
- राष्ट्रियसभाको बैठकमा उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ।
काठमाडौँ । संघीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आज छुट्टाछुट्टै बस्दै छन् । प्रतिनिधिसभामा विभिन्न अध्यादेश प्रस्तुत गर्ने तथा राष्ट्रियसभामा उपाध्यक्ष चयन र वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संघीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री सुदन गुरुङले तीनवटा अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । आज प्रस्तुत हुने अध्यादेशहरूमा ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ रहेका छन् ।
त्यसैगरी, राष्ट्रियसभाको बैठक आजै अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा उपाध्यक्ष निर्वाचन प्रक्रियामा सदस्य प्रेमप्रसाद दंगालले ‘लिलाकुमारी भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव प्रस्तुत सभासमक्ष गर्नेछन् ।
सोही बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानवअधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण