एससीटी र सिटी टेक ग्रुपबिच साझेदारी, अब 'फिनपोस’ बाटै सबै किसिमका कार्ड र क्यूआर भुक्तानी हुने
सारांश
- स्मार्टच्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबिच डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउन साझेदारी भएको छ।
- यो सम्झौतापछि सिटी टेकको 'फिनपोस' मेसिनबाट सबै प्रकारका कार्ड र स्मार्ट क्यूआर भुक्तानी गर्न सकिनेछ।
- यसले बैंक तथा व्यापारीहरूलाई सुरक्षित र सहज भुक्तानी सेवा प्रदान गर्नेछ।
काठमाडौँ । नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. लि. बिच साझेदारी भएको छ। यो सम्झौतासँगै अब डिजिटल भुक्तानी स्वीकार गर्ने प्रणाली (पेमेन्ट एक्सेप्टेन्स) मा नयाँ आयाम थपिएको छ।
यस साझेदारीपछि सिटी टेकको 'FinPOS' हार्डवेयरमा एससीटीको प्लेटफर्म एकीकृत हुनेछ। यसको अर्थ अब एउटै मेसिनबाट भिसा, युनियन पे र नेपाल पे जस्ता विभिन्न कार्ड स्किमहरूका साथै 'स्मार्ट क्यूआर' मार्फत डाइनामिक क्यूआर भुक्तानी गर्न सकिनेछ।
एससीटीको बलियो भुक्तानी पूर्वाधार र सिटी टेकको अत्याधुनिक प्रविधिको संयोजनले बैंक तथा व्यापारीहरूका लागि सुरक्षित र सहज पीओएस डिभाइस उपलब्ध गराउने बाटो खुलेको छ।
विशेष गरी पीओएस एक्वायरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूका लागि यो सेवा निकै फलदायी हुने देखिएको छ। यस प्रणालीको प्रयोग गर्दा संस्थाहरूले छुट्टाछुट्टै कार्ड स्किमको सदस्यता लिनु नपर्ने, प्रविधिमा थप लगानी गर्नु नपर्ने र सुरक्षा प्रमाणीकरणको झन्झट समेत नहुने भएकाले यो आर्थिक रूपमा समेत उत्कृष्ट विकल्प साबित हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण