निजी अस्पताललाई मन्त्रालयको ताकेता, १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउनु
सारांश
- बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले निजी तथा गैरसरकारी अस्पतालहरूलाई १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको छ।
- मन्त्रालयले बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को प्रावधान अनुसार विपन्न र असहाय वर्गलाई निःशुल्क उपचार गराउन ताकेता गरेको हो।
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरूलाई निःशुल्क शय्या सेवा उपलब्ध गराउन ताकेता गरेको छ । मन्त्रालयले प्रदेशका निजी तथा गैरसरकारी अस्पतालहरूलाई ताकेता गर्दै कुल शय्याको १० प्रतिशतमा अनिवार्य रूपमा निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले सोमबार एक परिपत्र जारी गर्दै बागमती प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) मा भएको कानुनी व्यवस्थालाई अक्षरशः पालना गर्न निर्देशन दिएको हो ।
उक्त ऐनमा हरेक अस्पतालले सामाजिक सेवा इकाई स्थापना गरी अस्पतालको कुल शय्या सङ्ख्याको कम्तीमा १० प्रतिशत शय्यामा बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका र असहाय व्यक्तिहरूलाई निःशुल्क उपचार सेवा दिनुपर्ने प्रावधान छ । सो अन्तर्गत लक्षित वर्गलाई आवश्यक सेवा, औषधि तथा उपचार उपलब्ध गराउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अस्पताल स्वयंले व्यहोर्नुपर्नेछ ।
उक्त कानुनी प्रावधानको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको र जनस्तरबाट विभिन्न गुनासोहरू प्राप्त भएका मन्त्रालयले ताकेता गर्दै कानुन बमोजिमको निःशुल्क सुविधा उपलब्ध गराउन निर्देशन गरेको हो ।
मन्त्रालयले तोकिएको प्रतिशतमा लक्षित वर्गलाई सेवा उपलब्ध गराउन र सोको कार्यान्वयन सम्बन्धी प्रगति विवरण नियमित रूपमा मन्त्रालयमा पेस गर्न समेत निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण