सरकारलाई रामकुमारी झाँक्रीको प्रश्न : भदौ २४ को घटनाको छानबिन कहिले हुन्छ ?
सारांश
- नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते सिंहदरबारमा भएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।
- उनले युवाहरूलाई गलत बाटोमा प्रयोग गरी राज्यको सम्पत्तिमा क्षति पुर्याउने कार्यको जिम्मेवारी कसले लिने भनी सरकारलाई प्रश्न गरेकी छन्।
काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबार लगायतका घटना सत्य तथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताएकी छन् ।
सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भनी सरकारलाई प्रश्न समेत गरिन् । नवयुवाहरूलाई गलत ढङ्गले परिचालन गर्ने सिंहदरबार लगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उनले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताइन् । सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताइन् ।
उनले भनिन्, ‘भाद्र २३ र २४ गतेको त्यो विद्रोह शान्तिपूर्ण थियो ? अथवा त्यो हिंसात्मक वा के विद्रोह थियो त, त्यसको जिम्मा कसले लिने हो ? २३ गतेको घटनाको बारेमा केही प्रतिवेदनहरू आए । २४ गते खण्डहर भएका सिंहदरबार, जलेका सिंहदरबारका कुराहरू राज्यका विरुद्ध जलाउँदा केही हुन्न भन्ने कुराको भाष्य र त्यसरी मनिटरिङ गरेर मान्छेलाई कसले पठाएको हो ? यसको उत्तर कसले खोज्ने हो ? आज सिंहदरबार जलाउन हुन्छ, यसो गर्दा केही हुन्न भन्ने भाष्य कसले खडा गरिदिएको हो । र नवयुवाहरूलाई यस ढङ्गले कसले प्रयोग ग¥यो ? यसको जवाफ आज होइन, भोलि वा कुनै दिन यही सम्मानित राष्ट्रिय सभाले खोज्नेछ ।’
उनले थप भनिन्– ‘कार्पेट मुनि धुलो राखेर सब ठिकठाक छ भनेर जाने कुरा मान्य छैन । भदौ २३ को घटना शान्तिपूर्ण थियो भन्ने आधारमा सिंहदरबार जे खण्डहर बन्यो । यो इतिहासमा के भएको थियो । त्यसको निष्पक्ष छानबिन कहिले हुन्छ ? ’
सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढ्न नसकिने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण