अस्थायी युद्धविरामका लागि स्ट्रेट अफ होर्मुज खुलाउन इरानले मानेन
सारांश
- इरानले अस्थायी युद्धविरामको बदलामा स्ट्रेट अफ होर्मुज खुलाउन अस्वीकार गरेको छ।
- इरानले पाकिस्तानको युद्धविराम प्रस्तावको समीक्षा गरिरहेको भए पनि दबाबमा निर्णय नलिने स्पष्ट पारेको छ।
तेहरान । इरानले अस्थायी युद्धविरामको बदलामा स्ट्रेट अफ होर्मुज पुनः खोल्न अस्वीकार गरेको छ । एक वरिष्ठ इरानी अधिकारीले अन्तराष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गर्दै इरानले अमेरिकालाई स्थायी युद्धविरामका लागि आवश्यक प्रतिबद्धता नभएको ठानेको बताएका छन् ।
उक्त अधिकारीका अनुसार, इरानले पाकिस्तानले प्रस्ताव गरेको तत्काल युद्धविरामको सुझाव प्राप्त गरेको छ र त्यसको समीक्षा पनि गरिरहेको छ । तर, तेहरानले कुनै पनि प्रकारको दबाबमा आएर समयसीमा अनुसार निर्णय लिन नसक्ने स्पष्ट पारेको छ । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्द्राबीले पाकिस्तानले इरान र अमेरिकाबीच जारी युद्धलाई अन्त्य गर्न प्रस्ताव गरेको भनिएको ढाँचाबारे पुष्टि वा अस्वीकार नगर्न अस्वीकार गरेका छन् ।
पाकिस्तानले ४५ दिने युद्धविराम प्रस्ताव वा १५ बुँदे शान्ति सम्झौताबारेमा आएका समाचारहरूलाई स्पष्ट रूपमा पुष्टि वा खण्डन नगरेको उनले अल जजिरासँग भने । यसअघि केही समाचारमा पाकिस्तानले दुवै पक्षलाई तत्काल युद्धविरामलगायतका शर्तहरू समावेश भएको प्रस्ताव बुझाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण