फोटो फिचर
ड्रोनबाट यस्तो देखियो गृहमन्त्री सुदन गुरुङले भाडामा लिएको भनिएको जग्गा, तस्बिरहरू
सोमबार, २३ चैत २०८२, १५ : ४३
सारांश
- पोखराको फेवाताल मापदण्डभित्र पर्ने भनिएको गृहमन्त्री सुदन गुरुङले भाडामा लिएको जग्गामा निर्माण गरिएका संरचना अहिले प्रयोगविहीन र अलपत्र अवस्थामा देखिएका छन्।
- स्थानीय स्रोतका अनुसार सो जग्गामा महानगरपालिकाले गाडेको सीमा स्तम्भसमेत भेटिएको छ र वरिपरि झाडीले ढाकिएको छ।
- विवादमा आएको उक्त जग्गाको विषयमा आफू ठगिएको दाबी गर्दै गृहमन्त्री गुरुङले कानुनी उपचार खोज्ने बताएका छन्।
पोखरा । फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ।
उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ।
स्थानीय स्रोतका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ।
यसैबिच महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो।
गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानुनी उपचारमा जाने समेत बताएका छन्।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धवलसँग पार्टी गठनको पूर्वसन्ध्यामा दुर्गा प्रसाईँ नेतृत्वको महाअभियान छलफलमा
-
क्षयरोगका बिरामी खोज्दै टीकापुर नगरपालिका
-
५७ वर्षे नेविसंघको आयु कति ?
-
अमेरिका–इरान सम्झौता घोषणपछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु : राष्ट्रसङ्घ
-
राममन्दिर गुठीको तीस रोपनी जग्गा अतिक्रमणमा
-
युद्ध अन्त्य भएपनि पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि सामान्य हुन महिनौँ लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण