‘परान’ बन्यो २०८२ मा धेरै व्यापार गर्ने चलचित्र, दोस्रोमा ‘आ बाट आमा’ (सूचीसहित)
सारांश
- नीर शाह अभिनित चलचित्र 'परान' २०८२ सालमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।
- चलचित्र विकास बोर्डका अनुसार 'आ बाट आमा' दोस्रो र 'जेरी अन टप' तेस्रो स्थानमा रहेका छन्।
काठमाडौँ । नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’ २०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको वर्षभरि रिलिज भएका नेपाली फिल्मको सूची ‘परान’ सबैभन्दा अगाडि देखिएको हो ।
‘परान’ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ ग्रस कमाइ गर्दै अग्र स्थान कायम गरेको हो । फिल्मको टिकट ६ लाख ३० हजार ६९१ वटा बिक्री भएका छन् ।
यस्तै दोस्रो धेरै कमाउने फिल्ममा ‘बाट आमा’ रहेको छ । फिल्मले १३ करोड १३ लाख ७८ हजार ५२० नेरु ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मको टिकट ५ लाख ४ हजार ३१९ वटा बिक्री भएका छन् । फिल्ममा पल शाहको मुख्य भूमिका छ ।
त्यस्तै सूचीको तेस्रो स्थानमा अनमोल केसी स्टारर ‘जेरी अन टप’ छ । फिल्मले १२ करोड २८ लाख ८४ हजार नेरु ग्रस कलेक्सन गर्न सफल भएको छ । फिल्मको टिकट ३ लाख ९६ हजार ५९७ वटा बिक्री भएका छन् ।
हेर्नुहाेस् सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण