ओली र लेखकमाथि पूर्वाग्रह साँधेको पूर्वमहान्यायाधिवक्ता बडालको आरोप
सारांश
- पूर्वमहान्यायाधिवक्ता रमेश बडालले केपी शर्मा ओली र रमेश लेखकविरुद्धको कारबाहीमा पूर्वाग्रह राखिएको आरोप लगाएका छन्।
- उनले कसुर प्रमाणित नभई बन्दी प्रत्यक्षीकरण रिट जारी हुनुपर्ने जिकिर गरेका छन्।
- गोली चलाउने अधिकार जिल्ला सुरक्षा प्रमुखलाई हुने भन्दै उनले दुई नेतालाई थुनामा राख्नु गैरकानुनी भएको बताएका छन्।
काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमेश बडालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले कसुर गरेको प्रमाणित हुन नसक्ने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी हुनुपर्ने जिकिर गरेका छन् । सोमबार ओली र लेखकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता बडालले बन्दी प्रत्यक्षीकरण रिट जारी हुनुपर्ने जिकिर गरेका हुन् ।
‘पहिलो कुरा भदौ २३ र २४ को घटना कसुर हो कि होइन त्यो हेरिनुपर्छ’ उनले भने-‘कसुर भएको कुरा स्थापित नभई कसैलाई पनि धरपकड गर्न मिल्दैन ।’
बडालले जाँचबुझ आयोग प्रतिवेदन पूर्वाग्रही प्रेरित भएको र उनले आफ्नो सामाजिक सञ्जालमा आयोग बन्नुअघि लेखेको कुरालाई पुष्टि गर्न जबरजस्ती पूर्वप्रधानमन्त्री र गृहमन्त्रीप्रति पूर्वाग्रह साँधेको जिकिर गरे ।
‘गोली चलाउने आदेश पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीले होइन जिल्ला सुरक्षा प्रमुखले दिने हो,’ उनले भने-‘जसलाई गोली चलाउन दिने अधिकार छ उहाँका विषयमा पक्राउ गरेर हाजिरी जमानीमा छाडिएपछि अब दुई जनालाई मात्रै थुनामा राख्नु गैरकानुनी हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
-
पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था
-
विश्व निकेतन विद्यालयमा ‘स्मार्ट क्लासरुम’ सञ्चालन
-
उत्कृष्ट पाँच मनोनयन सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण