बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति पूर्वअर्थमन्त्री पुनले प्रश्न उठाए

सोमबार, २३ चैत २०८२, १८ : ३४
सोमबार, २३ चैत २०८२

सारांश

  • पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति असन्तुष्टि जनाएका छन्।
  • ऋण नलिने प्रतिबद्धता जनाएर राजनीतिमा आएको पार्टीले सरकारमा पुगेलगत्तै ऋण लिने निर्णय गरेको भन्दै उनले प्रश्न उठाएका छन्।

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारले २८ अर्ब ऋण लिने निर्णयप्रति असन्तुष्टि जनाएका छन् । 

केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले वैदेशिक ऋण लिने सरकारको निर्णयप्रति असन्तुष्टि पोखेका हुन् । ऋण नलिने भनेर वैकल्पिक राजनीतिमा आएको पार्टीको सरकारले निर्णयप्रति उनले प्रश्न उठाए ।

‘अहिलेका साथीहरूले ऋण लिँदैनौँ । देशलाई ऋणले डुबाए भनेर उहाँहरू राजनीतिमा आउनुभएको हो । वैकल्पिक राजनीति प्रस्तुत गर्नुभएको हो । सरकारमा आएको यति दिनमै २८ अर्ब ऋण लिने निर्णय गर्नुभयो’, उनले भने, ‘उहाँले जवाफ दिने हो जनताले प्रस्ट पार्ने हो । ऋण लिन्नौँ भन्ने अनि आएकै दिनमा ऋण लिने पत्याउनु हुन्छ कसरी ? त्यो हामीले भन्न मिल्दैन । किनभने हामीसँग जनमतै छैन । आवश्यकता अनुसार ऋण लिनुपर्छ । त्यो पूर्वाधारमा खर्च गर्नुपर्छ भन्ने हामी हौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप