निताले मिर्सा गाउँबाट थालिन् ‘पार्वती’को छायाङ्कन
सारांश
- कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मिर्सा गाउँबाट फिल्म 'पार्वती'को छायाङ्कन सुरु भएको छ।
- अभिनेत्री निता ढुङ्गानाको निर्देशन तथा अभिनय रहने यस फिल्ममा दीपाश्री निरौला र अशोक दर्जी लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।
- निर्माण टिमले यो फिल्म आगामी भदौ १२ गते प्रदर्शन गर्ने मिति तय गरेको छ।
काठमाडौँ । फिल्म ‘पार्वती’को छायाङ्कन सुरु भएको छ । मंगलबार कास्कीको माछापुच्छ्रे गाउँपालिकाको मिर्सा गाउँमा फिल्मको शुभ–मुर्हूतसँगै छायाङ्कन थालिएको हो ।
अभिनेत्री निता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म निता ढुङ्गानाले निर्देशन गर्न लागेकी हुन् । फिल्मको मुख्य भूमिकामा उनी आफैले रहने छिन् । फिल्ममा निताका अलावा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट,राधिका कँडेल,राज पङ्गेनी शर्मा,राजेन्द्र नेपाली,आशा पौडेल लगायतको अभिनय रहनेछ ।
फिल्मका कार्यकारी निर्माता शंकर पाण्डे हुन् । फिल्ममा निर्देशक ढुङ्गानाकै कथा तथा पटकथा रहेको छ भने यस फिल्मको स्क्रिप्ट शिवं अधिकारीले लेखेका हुन् । सुदिप बरालको डिओपी रहेको यस फिल्ममा सरोज अधिकारी क्रियटिभ निर्देशक रहेका छन् । सरोज कार्टुन क्रुका डान्सर तथा निर्देशक हुन् ।
हरिहर अधिकारी निर्माता रहेको फिल्ममा सम्पादन साहिल खानको रहने छ निर्माण टिमले फिल्मको प्रदर्शन मिति आगामी भदौ १२ गतेलाई निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण