आईपीएल २०२६ : ओरेन्ज क्यापमा समिरको सनसनी, पर्पल क्यापमा कडा प्रतिस्पर्धा
सारांश
- आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सका युवा ब्याटर समिर रिज्वी १६० रन बनाएर ओरेन्ज क्यापको शीर्ष स्थानमा रहेका छन्।
- बलिङतर्फ रवि विस्नोईसहित चार जना बलरले समान ५-५ विकेट लिएर पर्पल क्यापका लागि कडा प्रतिस्पर्धा गरिरहेका छन्।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सुरुवाती खेलहरू सकिँदा मैदानमा नयाँ र पुराना खेलाडीहरूबिचको प्रतिस्पर्धा निकै रोचक देखिएको छ। सबै टोलीले कम्तीमा दुई र केही टोलीले तीन खेल खेलिसकेको अवस्थामा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडीहरूको सूची सार्वजनिक भएको छ।
यसपटक ओरेन्ज क्यापको दौडमा दिल्ली क्यापिटल्सका युवा ब्याटर समिर रिज्वीले सबैलाई चकित पार्दै शीर्ष स्थान कब्जा गरेका छन्। समिर रिज्वीले दिल्लीका लागि चौथो नम्बरमा ब्याटिङ गर्दै लगातार दुई खेलमा उत्कृष्ट इनिङ खेलेर टोलीलाई जित दिलाएका छन्।
उनले लखनऊ सुपर जायन्ट्स विरुद्ध अविजित ७० र मुम्बई इन्डियन्स विरुद्ध ९० रनको शानदार इनिङ खेल्दै कुल १६० रनका साथ ओरेन्ज क्याप आफ्नो नाममा राखेका छन्। दुवै खेलमा उनी ‘प्लेयर अफ द म्याच’ समेत चुनिएका छन्।
रिज्वीलाई पछ्याउँदै सनराइजर्स हैदराबादका हेनरिक क्लासेन १४५ रनका साथ दोस्रो स्थानमा छन् भने मुम्बईका रोहित शर्मा ११३ रनसहित तेस्रो स्थानमा रहेका छन्। रोयल च्यालेन्जर्स बेंगलुरुका देवदत्त पडिक्कल, पञ्जाबका कुपर कोनोली र कोलकाताका अंगकृष रघुवंशीले पनि १०० रनको आँकडा पार गरिसकेका छन्।
बलिङतर्फको पर्पल क्यापको दौडमा भने निकै कडा प्रतिस्पर्धा देखिएको छ। अहिलेसम्म चार जना बलरले समान ५–५ विकेट लिएका छन्। राजस्थान रोयल्सका रवि विस्नोईले गुजरात टाइटन्स विरुद्ध ४१ रन खर्चेर ४ विकेट लिएपछि उनी अहिले पर्पल क्यापको हकदार बनेका छन्।
विकेट लिनेहरूको सूचीमा विस्नोईलाई पञ्जाब किंग्सका विजयकुमार वैशाक, बेंगलुरुका ज्याकोब डफी र चेन्नई सुपर किंग्सका अंशुल कम्बोजले पछ्याइरहेका छन्। यी चारै बलरले समान ५ विकेट लिए पनि रन खर्चिएको औसतका आधारमा विस्नोई अगाडि रहेका हुन्।
प्रतियोगिताको सुरुवाती चरणमै युवा खेलाडीहरूको दबदबा देखिएकाले यसपटकको आईपीएल अझै रोमाञ्चक हुने संकेत देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न
-
प्रतिष्ठान र गुम्बा विकास समिति खारेजीको निर्णयप्रति महासंघको आपत्ति
-
उखु किसानका पीडा: खेती गर्न मलकाे अभाव, उत्पादन बिक्री उधारोमै
-
विश्व द्वन्द्व ८० वर्षयताकै उच्च
-
‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
-
राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण