‘हरेक नेपाली घरबाट निस्किन्छन्, तर दैनिक सात जना फर्किँदैनन्’
सारांश
- सांसद आशीष गजुरेलले नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
- उनले सडक सुरक्षा ऐनको मस्यौदालाई चाँडोभन्दा चाँडो सदनमा पेस गरी कार्यान्वयनमा लैजान माग गरेका छन्।
काठमाडौँ । सांसद आशीष गजुरेलले नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाले ज्यान गुमाउनु परिरहेको भन्दै संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गजुरेलले सडक सुरक्षा ऐनको मस्यौदा (ड्राफ्ट) तयार भइसकेको भए पनि त्यसलाई कार्यान्वयनमा लैजान सरकारले पहल गर्नुपर्नेमा जोड दिए ।
देशमा दिनप्रतिदिन बढ्दै गएको सडक दुर्घटनाको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हरेक दिन हरेक नेपाली घरबाट निस्किनुहुन्छ । तर सात जना घर फर्किनु हुन्न । सडक दुर्घटनामा उहाँहरूको मृत्यु हुन्छ । अर्थात् दैनिक औसतमा ७ जनाको मृत्यु भइरहेको छ । सडक सुरक्षा ऐनको ड्राफ्ट तयार भइसकेको छ । त्यसलाई चाँडोभन्दा चाँडो सदनमा पेस गर्न अनुरोध गर्दछु ।’
सांसद गजुरेलले सडक सुरक्षासँग सम्बन्धित कानुनको अभावमा दुर्घटना न्यूनीकरण हुन नसकेको उल्लेख गर्दै तयार भइसकेको ‘सडक सुरक्षा ऐन’ को ड्राफ्टलाई बिना ढिलाइ सदनमा पेस गर्न र पारित गरेर कार्यान्वयनमा ल्याउन सरकारसँग जोडदार माग गरेका छन् ।
यसका साथै उनले सार्वजनिक यातायातलाई मर्यादित बनाउन, पैदल यात्रीका लागि सुरक्षित सडक निर्माण गर्न र अपाङ्गता भएका व्यक्तिहरूको सहज आवागमनका लागि सडक पूर्वाधारलाई अपाङ्गमैत्री र व्यवस्थित बनाउनु पर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण