शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवैध रूपमा सञ्चालित क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्रीकाे निर्देशन

मङ्गलबार, २४ चैत २०८२, १८ : ४४
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
  • गिट्टी बालुवाको जथाभावी उत्खननका कारण बाढी पहिरोको जोखिम बढेको भन्दै उनले यस्तो निर्णय लिएका हुन्।

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशीमा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्। 

गिट्टी बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोही नलागेको भन्दै उनले चासो दिएका हुन्।

पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रूपमा सञ्चालन गर्न दिएको र अब यस्तो गतिविधि गर्न आफूले रोक्ने गृहमन्त्री गुरुङले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप