मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

लोक सेवा लगायतका परीक्षा पास गराउने भन्दै करोड भन्दा बढी ठगी गर्ने एक जना पक्राउ

मङ्गलबार, २४ चैत २०८२, २० : २७
मङ्गलबार, २४ चैत २०८२

सारांश

  • सुर्खेत प्रहरीले लोक सेवा आयोग लगायतका विभिन्न परीक्षा पास गराइदिने भन्दै करोड बढी ठगी गर्ने २२ वर्षीय पवन विकलाई पक्राउ गरेको छ।
  • पक्राउ परेका विकले विभिन्न व्यक्तिको लिखित तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण गराइदिने भन्दै ठगी गर्दै आएको पाइएको छ।

सुर्खेत । सुर्खेत प्रहरीले लोक सेवा लगायतका परीक्षाहरूमा पास गराइदिन्छु भन्दै करोड बढी रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेख भगवतिमाई गाउँपालिका—७ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने २२ वर्षीय पवन विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, जैसरा थापा नाम गरेकी एक पीडितको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो ।

‘उसले लोक सेवा, प्रहरी लगायत अन्य परीक्षाहरूका अन्तर्वार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भनेर ठगी गर्ने रहेछ,’ उनले रातोपाटीसँग भने ।

मंगलबार खोजतलास गर्दा प्रहरीले पवनलाई वीरेन्द्रनगर नगरपालिका–६ मा लुकिछिपी बसेको अवस्थामा फेला पारेको थियो । ‘हामीले ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौँ,’डीएसपी बुढ्थापाले भने, ‘अहिले एक जनाको उजुरी भए पनि उक्त व्यक्तिबाट ठगिनेहरू धेरै रहेको पाइएको छ ।’

ती पीडितहरूलाई सम्पर्कमा ल्याउने काम भइरहेको पनि उनले बताए । ‘उसको बैँक विवरणहरू बुझ्दा उसको खातामा करोड बढी रकम जम्मा भएको देखिन्छ,’ उनले थपे, ‘यसमा धेरै ठगिएको अनुमान हामीले गरेका छौँ । थप अनुसन्धानबाट खुल्ला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप