कानुनमन्त्री गौतम र स्वीस राजदूतबिच भेटवार्ता
बुधबार, २५ चैत २०८२, १५ : ४०
काठमाडौँ । नेपालका लागि स्वीस राजदूत डा.डानिएल मेउव्लीले आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा नेपाल र स्विट्जरल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भइरहेका गतिविधिबारे छलफल भएको थियो । साथै, दुई देश बिचको विकास सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान गरिएको थियो ।
त्यस अवसरमा राजदूत मेउव्लीले नेपालमा जारी संक्रमणकालीन न्याय प्रक्रियामा स्विट्जरल्यान्डले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण