गण्डकीमा मन्त्रिमण्डल हेरफेर तयारी, मन्त्री छान्दै सत्तारुढ दल
काठमाडौँ । गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेरको तयारी गरिएको छ । सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा एमालेले सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउन लागेका हुन् । दुवै दलहरू मन्त्री छान्न आन्तरिक गृहकार्यमा छन् ।
यसअघि कांग्रेसबाट मुख्यमन्त्रीसहित ४ जना र एमालेबाट ४ जना मन्त्री थिए । नेपाली कांग्रेसकै कोटामा तत्कालीन नेपाल समाजवादीका नेता फणीन्द्र देवकोटाले जेनजी आन्दोलनका क्रममा राजीनामा दिएपछि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय रिक्त छ ।
स्रोतका अनुसार एमालेले मन्त्रीको नाम लगभग टुंग्याएको छ । एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीमा गोविन्द नेपाली वा सुधीरकुमार पौडेललाई पठाउन लागिएको छ । कृषि मन्त्रीमा लक्ष्मण पाण्डे वा श्यामराजा महत मध्ये एक जनाको नाम चर्चामा छ ।
स्वास्थ्य मन्त्रीमा भीम कार्की लगभग टुंगिएका छन् । पर्यटन मन्त्रीमा देवका पहारी वा यशोदा रिमाललाई पठाउन लागेको बुझिएको छ । हाल भौतिक मन्त्रीमा प्रकाश केसी, कृषि मन्त्रीमा पद्या जिसी श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा कृष्ण पाठक र पर्यटन मन्त्रीमा मित्रलाल बस्याल छन् ।
कांग्रेसले पनि मन्त्रीको नाम छनोट गरिरहेको छ । स्रोतका अनुसार नन्दप्रसाद न्यौपाने, अशोककुमार श्रेष्ठ, दोर्ण कुमार कुवँर, विकल शेरचन, रेखा गुरुङ लगायतको नाम मन्त्रीको चर्चामा छ ।
यद्यपि, नामहरूमा छलफल चलिरहेको छ । कांग्रेसबाट हाल सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीमा विन्दुकुमार थापा, अर्थमन्त्रीमा डा. टकराज गुरुङ र वन तथा वातावरण मन्त्रीमा भेषबहादुर पौडेल छन् ।
छिट्टै मन्त्रिमण्डल फेर्ने तयारी रहेको बताइएको छ । एमालेसँगको सहकार्यमा कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकीका मुख्यमन्त्री छन् ।
दुवै दलका बैठकहरूमा पनि मन्त्री फेर्नुपर्ने सांसदहरूले माग गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण