बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

रोमाञ्चक खेलमा गुजरात टाइटन्सको १ रनको जित, दिल्ली क्यापिटल्स चुक्यो

बिहीबार, २६ चैत २०८२, ०० : २८
बिहीबार, २६ चैत २०८२

सारांश

  • बुधबार सम्पन्न आईपीएल खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनको झिनो अन्तरले पराजित गरेको छ।
  • गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो।
  • गुजरातको जितमा राशिद खानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरेका छन्।

काठमाडौँ । बुधबार सम्पन्न आईपीएलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई मात्र १ रनको झिनो अन्तरले पराजित गरेको छ । उच्च स्कोर बनेको खेलमा अन्तिम बलसम्म दुवै टोलीको जितको सम्भावना रहेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१० रनको विशाल योगफल तयार पारेको थियो । गुजरातका लागि शुभमन गिलले सर्वाधिक ७० रन बनाए । उनले ४५ बलको सामना गरे । त्यसैगरी, वाशिङ्टन सुन्दरले ३२ बलमा ५५ रन र जोस बटलरले २७ बलमा ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले। दिल्लीका बलरहरूमध्ये मुकेश कुमारले २ विकेट लिए भने लुंगी एनगिडी र कुलदीप यादवले १-१ विकेट हात पारे ।

२११ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो तर जितबाट केवल एक रनले चुक्यो । दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि कप्तान केएल राहुलले ५२ बलमा ९२ रनको शानदार पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । डेभिड मिलरले अविजित ४१ रन र पाथुम निसान्काले ४१ रनको योगदान दिए ।

गुजरातको जितमा बलर राशिद खान नायक बने। उनले आफ्नो ४ ओभरमा मात्र १७ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए र खेल गुजरातको पक्षमा फर्काए। प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले क्रमशः २ र १ विकेट लिए । यो जितसँगै गुजरातले प्रतियोगितामा महत्त्वपूर्ण अंक हासिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप