शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा तिम्सिना

बिहीबार, २६ चैत २०८२, ०६ : ३०
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष पीताम्बर तिम्सिना एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन्।
  • एसियाली ह्यान्डबल महासङ्घले उनलाई सन् २०२५ देखि २०२९ सम्मको चार वर्षे कार्यकालका लागि नियुक्त गरेको छ।

काठमाडौँ । नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष पीताम्बर तिम्सिना एसियन यूथ एन्ड स्कुल ह्यान्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एसियाली ह्यान्डबल महासङ्घले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो ।

महासङ्घका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एसियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एसियन यूथ एन्ड स्कुल ह्यान्डबल, एसियाली ह्यान्डबल महासङ्घको एक महत्त्वपूर्ण अङ्गको रूपमा मानिन्छ ।

तिम्सिना नेपाली खेलकुद क्षेत्रका अनुभवी तथा सक्षम व्यक्तित्व हुन् । उनले यसअघि नेपाल ओलम्पिक कमिटीमा उपमहासचिव र राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । साथै १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनी ‘सेफ अफ द मिसन’ को भूमिकामा पनि रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप