उपसभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज, रास्वपाको ‘ग्रिन सिङ्नल’को पर्खाइमा साना दलहरू
सारांश
- प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।
- उपसभामुख पदका लागि उम्मेदवारी दर्ता बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ ।
- रास्वपाको समर्थनबिना उपसभामुख चयन हुन कठिन भएकाले साना दलहरू रास्वपाको निर्णयको पर्खाइमा छन् ।
काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज उम्मेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ताका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।
प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रकाशन गरेको सूचनामा बिहीबार नै दिउँसो २:३० बजे उम्मेदवारीको सूचना दर्ता क्रमअनुसार प्रकाशन गर्ने उल्लेख छ । २७ गते उपसभामुखको निर्वाचन हुँदै छ ।
संविधान अनुसार सभामुख र उपसभामुख फरक–फरक लिङ्ग र फरक–फरक हुनुपर्ने व्यवस्था भएकाले कसले पाउने हो भन्ने निश्चित छैन ।
प्रतिनिधिसभा नियमावलीको नियम ७ मा उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ । यसअनुसार अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।
प्रतिनिधिसभामा रास्वपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सांसदसहित सहज एकल बहुमतमा छ । कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसद छन् ।
रास्वपा एकल बहुमतमा रहेकाले उसले जसलाई समर्थन गर्छ, त्यही उपसभामुख हुनेछ । उपसभामुखमा एमाले बाहेकका दलले दाबी गरेका छन् । तर, रास्वपाले कुनै पनि दललाई ‘ग्रिन सिङ्नल’ दिएको छैन । रास्वपा नेताहरू दलहरूसँग छलफल जारी रहेको तर निष्कर्ष निस्किन सकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण