शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउनु आवश्यक देखिन्छ : सञ्चारकर्मी तिमल्सिना

बिहीबार, २६ चैत २०८२, ०८ : ५२
बिहीबार, २६ चैत २०८२

सारांश

  • अभिनेत्री उषा खड्गीको उजुरीका आधारमा पक्राउ परेका सञ्चारकर्मी जीपी तिमल्सिना रिहा भएका छन्।
  • रिहा भएपछि तिमल्सिनाले न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउन आवश्यक रहेको बताएका छन्।
  • उषा खड्गीले भने सामाजिक सञ्जालमार्फत न बिराउने र नडराउने भन्दै जवाफ फर्काएकी छिन्।

काठमाडौँ । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि कानुनी झमेलामा परेका सञ्चारकर्मी जीपी तिमल्सिनाले न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउन आवश्यक रहेको बताएका छन् । खड्गीको उजुरीको आधारमा उनी मंगलबार पक्राउ परेका थिए । 

जिल्ला प्रहरी परिसर भक्तपुरले अभद्र व्यवहार लगायतको कसुरमा खड्गीले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो ।  

रिहा भएसँगै तिमल्सिनाले सामाजिक सञ्जालमा लेखेका छन्– 'धेरै तताउँदा ढुङ्गा पनि विस्फोट हुन्छ । सत्य डग्दैन , झुटो धेरै दिन टिक्दैन ।लामो समय छलफल पश्चात्, वास्तविक , सत्य र तथ्य सम्बन्धित निकायमै साक्षी छ । व्यक्तिगत अनुभव र सामाजिक बहसका आधारमा महिला अधिकार कानुनको प्राथमिक उद्देश्य महिलाहरूलाई सुरक्षित राख्नु र समान अवसर प्रदान गर्नु हो। तर कतिपय अवस्थामा महिला अधिकार कानुनको दुरुपयोग गर्ने प्रयासहरूले (पुरुषलाई फसाउने वा मानसिक यातना दिने उद्देश्य) वास्तवमै हिंसामा परेका महिलाहरूको न्याय पाउने अधिकारलाई थप कमजोर बनाउँछ ।  त्यसैले कानुनको पालना र न्याय प्रक्रियालाई थप स्पष्ट र तथ्यमा आधारित बनाउनु आवश्यक देखिन्छ।'

तिमल्सिनाको यो प्रतिक्रिया लगत्तै यता खड्कीले सामाजिक सञ्जालमार्फत नै 'न बिराउँछु, न डराउँछु' भन्ने जवाफ फर्काएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप