बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चुनावी परिणामपछि केही मान्छे उन्मत्तजस्ता देखिँदैछन् : विप्लव

बिहीबार, २६ चैत २०८२, १६ : २८
बिहीबार, २६ चैत २०८२

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले चुनावी परिणामपछि केही मानिस उन्मत्त र केही विक्षिप्त देखिएको टिप्पणी गरेका छन्।
  • उनले वर्ग र राजनीतिक सङ्घर्षमा धेरै हन्डर बेहोरेर मात्र लक्ष्य प्राप्त हुने कुरामा जोड दिएका छन्।
  • विप्लवले आफूहरू महान् साम्यवादी लक्ष्यका लागि समर्पित रहेको बताउँदै क्रान्ति निरन्तर अगाडि बढ्ने दाबी गरेका छन्।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले फागुन २१ को चुनावी परिणामपछि केही मान्छे उन्मत्त भएको र केही विक्षिप्त भएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्ट्याटस लेख्दै विप्लवले सत्तापक्ष र प्रतिपक्ष दलहरूप्रति सङ्केत गर्दै यस्तो टिप्पणी गरेका हुन् । 

‘चुनावी परिणामपछि केही मान्छे उन्मत्तजस्ता देखिँदै छन्, मानिलिऊ उनीहरू दिग्विजयी भइसके । केही मान्छे विक्षिप्त जस्ता देखिन्छन्, मानिलिऊ उनीहरूको सर्वश्व नै गुमिसक्यो र निराशाका आँसु झारिरहेका छन्’, विप्लवले भनेका छन् ।

साथै, उनले वर्ग सङ्घर्ष, राजनीतिक सङ्घर्ष र नयाँ सभ्यता सङ्घर्षमा यस्ता सयौँ मोर्चा,  झडप, हन्डर बेहोरेर मात्र लक्ष्य प्राप्त हुन्छन् भन्ने कुरा बुझ्न पनि आग्रह गरेका छन् । 

‘हामीले आफ्नो जीवन महान् साम्यवादी लक्ष्य र आदर्शका लागि समर्पित गरेका छौँ/गर्दैछौँ । यात्रा भीषण आँधीबेहरीबाट गुज्रिने छ । तर केही फिक्री छैन । नदीको उर्लिँदो गति जस्तो क्रान्ति बढिरहने छ’, विप्लवको भनाइ छ ।

668602504_1269468138658966_1250902161196310790_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप