बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कालिमाटीमा कृषि मन्त्रीको निरीक्षण

बिहीबार, २६ चैत २०८२, १७ : २७
बिहीबार, २६ चैत २०८२

सारांश

  • कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले कालीमाटी फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन्।
  • निरीक्षणका क्रममा इजाजत पत्रमा अनियमितता, विषादी परीक्षणको अभाव र बिलविजक प्रणालीमा कमजोरी फेला परेको छ।
  • मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका सबै समस्याहरूलाई तत्काल सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् । बजार व्यवस्थापनमा कमजोरी भएकोबारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् ।

बजार अनुगमनका क्रममा इजाजत पत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजत पत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बर लगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ । कतिपय स्थानमा एकै दर्तामा दुई देखि तीन जनाले व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलको निरीक्षण समेत गरेकी छन् । निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ ।

मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप