बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘पोखरा ओपन एथलेटिक्स मिट’ शनिबारदेखि

बिहीबार, २६ चैत २०८२, १८ : ५३
बिहीबार, २६ चैत २०८२

गण्डकी । कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा शनिबारदेखि दोस्रो संस्करणको ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ सञ्चालन हुने भएको छ । पोखरा रङ्गशालामा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको सङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरबाट करिब तीन सय खेलाडी सहभागी हुने सङ्घका सचिव एवं प्रतियोगिता संयोजक सिद्धान्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा सातै प्रदेशका खेलाडीसहित विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडी सहभागी हुने छन्।

‘पोखरा ओपन एथलेटिक्स मिट’ तर्फ पुरुष र महिला गरी जम्मा ३० विधामा प्रतिस्पर्धा हुने बताइएको छ । सोही अवसरमा नेपाल एथलेटिक्स सङ्घको आयोजना र कास्की जिल्ला एथलेटिक्स सङ्घको समन्वयमा चौथो संस्करणको ‘यू–२० नेशनल एथलेटिक्स मिट–२०२६’ सञ्चालन गरिने भएको छ ।

सो प्रतियोगितामा पुरुष र महिला गरी २४ विधामा प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा सातै प्रदेशबाट १० पुरुष र १० महिला गरी एक सय ४० खेलाडी तथा १४ प्रशिक्षक/व्यवस्थापकसहित एक सय ५४ जनाको सहभागिता रहने जनाइएको छ।

‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ तथा ‘यू–२० नेशनल एथलेटिक्स मिट–२०२६’ तर्फ प्रत्येक विधामा प्रथम, द्वितिय र तृतीय हुने खेलाडीलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ । सङ्घका अध्यक्ष गजबहादुर गुरुङले ‘पोखरा ओपन एथलेटिक्स मिट–२०२६’ का लागि रु १६ लाख र ‘यू–२० नेशनल एथलेटिक्स मिट–२०२६’ का लागि रु २२ लाख खर्च हुने अनुमान गरिएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप