१२ बजे १२ समाचार: पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि, रुग्ण उद्योग चलाउन नयाँ रणनीति बनाउँदै सरकार
सारांश
- सरकारले बन्द रहेका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउन नयाँ रणनीति अघि बढाएको छ।
- नेपाल आयल निगमले पेट्रोल, डिजेल र खाना पकाउने ग्याससहितका इन्धनमा भारी मूल्यवृद्धि गरेको छ।
- प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
काठमाडौँ । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
१. रुग्ण उद्योग चलाउन नयाँ रणनीति बनाउँदै सरकार
बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार विगतमा राज्यले सञ्चालन गरेका तर अहिले बन्द रहेका उद्योगहरूलाई सञ्चालनमा ल्याउने प्रक्रियामा छ । तत्कालीन सरकारले चालु आर्थिक वर्षको बजेटमा रुग्ण उद्योग सञ्चालन गर्ने नीति लिएको थियो । उक्त नीति अनुसार चार उद्योगको मूल्याङ्कन प्रक्रिया समेत अघि बढेको छ ।
२. श्रममन्त्री साह पदमुक्त
प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।
३. पेट्रोल, डिजेलमा फेरि पनि भारी मूल्यवृद्धि
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो ।
४. संसदको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२ः ०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
५. ओली र लेखक हाजिर जमानीमा रिहा
केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने निर्णय गरेको हो ।
६. देउवा दम्पतीलाई पक्राउ अनुमति माग गरेको पत्र बाहिरियो
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध चैत २३ गते नै काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको पत्र बाहिरिएको छ ।
७. आवेशमा दाजुभाइको हत्या
ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहारबाट दुई जनाको हत्या भएको छ। झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोलमा बस्दै आएका ३३ वर्षीय सुमित नेम्बाङ र २५ वर्षीय सृजन नेम्बाङको हत्या भएको हो।
८. कांग्रेस विवाद मिलाउन शेखरको सक्रियता
नेपाली कांग्रेसभित्रको बढ्दो विवाद समाधान गर्न र पार्टीलाई एक ढिक्का बनाउन डा। शेखर कोइरालाले सक्रियता बढाएका छन्।
९. जनआन्दोलन दिवस
१०. उपसभामुखमा रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरबिच प्रतिस्पर्धा हुने भएको छ ।
११. उपसचिव र शाखा अधिकृतको सरुवा
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिव र १८ शाखा अधिकृतको सरुवा गरेको छ । बिहीबार अन्तर मन्त्रालय सरूवा तथा कामकाजमा खटाइएको हो ।
१२. आईपीएल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण