ताइवानकी विपक्षी दलकी नेतृ र सी जिनपिङबिच दुर्लभ भेटवार्ता
सारांश
- चिनियाँ राष्ट्रपति सी जिनपिङ र ताइवानको विपक्षी दल कुओमिन्ताङकी नेतृ चेङ्ग लि-वुनबिच बेइजिङमा दुर्लभ भेटवार्ता सम्पन्न भएको छ।
- भेटमा दुवै पक्षले ताइवान स्ट्रेट क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्ने इच्छा व्यक्त गरेका छन्।
- सी जिनपिङले ताइवान स्वतन्त्रताको विरोध गर्ने साझा राजनीतिक आधारमा संवाद र सहकार्य विस्तार गर्न चीन तयार रहेको बताएका छन्।
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार ताइवानकी विपक्षी दलकी नेतृ चेङ्ग लि–वुनसँग भेटवार्ता गरेकी छन् । ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) को वर्तमान नेताले एक दशकपछि चीन भ्रमण गरेको यो पहिलो पटक हो ।
भेटवार्तामा दुवै पक्षले ताइवान स्ट्रेट क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्ने इच्छा व्यक्त गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको भेटमा चिनियाँ राष्ट्रपति सीले दुवै पक्षका भावी पुस्तालाई उज्ज्वल भविष्य दिन शान्तिपूर्ण सम्बन्ध आवश्यक रहेको बताएका छन् ।
सन् २०१६ मा साई इङ्ग–वेन नेतृत्वको डेमोक्रेटिक प्रोगेसिभ पार्टी सत्तामा आएपछि चीनले उच्चस्तरीय संवाद बन्द गरेको थियो । ताइवानले ‘एक चीन’ सिद्धान्तलाई अस्वीकार गरेको भन्दै बेइजिङले यस्तो कदम चालेको थियो । चीनले ताइवान आफ्नो भूभागको हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गर्ने विकल्प खुला राखेको छ ।
भेटमा सीले ताइवान स्वतन्त्रताको विरोध गर्ने साझा राजनीतिक आधारमा संवाद र सहकार्य विस्तार गर्न चीन तयार रहेको बताए । उनले दुवै पक्षका जनता ‘चिनियाँ’ भएको र उनीहरुले शान्ति चाहेको पनि दोहोर्याए ।
जवाफमा नेतृ चेङ्गले चिनियाँ जनताको पुनर्जागरण दुवै पक्षको साझा आकांक्षा भएको बताउँदै यसले विश्व शान्ति र मानव प्रगतिमा सकारात्मक योगदान पुर्याउने धारणा राखिन् ।
तर डेमोक्रेटिक प्रोगेशिभ पार्टीले चेङ्गको भ्रमणको आलोचना गर्दै उनलाई बेइजिङप्रति अत्यधिक झुकेको आरोप लगाएको छ । चीनले हालका ताइवानी राष्ट्रपति लाई चिङग–तेसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै आएका छन् र उनलाई पृथकतावादीको संज्ञा दिएको छ ।
यद्यपि, चिङ–तेले यथास्थिति कायम राख्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन् । ताइवानका अधिकांश नागरिक चीनसँग यथास्थिति कायम राख्ने पक्षमा देखिन्छन् । उनीहरू चीनसँग न पूरै एकीकरण चाहन्छन्, न त औपचारिक स्वतन्त्रता घोषणा होस् भन्ने चाहन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण