चिनियाँ दूरसञ्चार कम्पनीमाथि कडाइ गर्दै अमेरिका
सारांश
- अमेरिकाको संघीय दूरसञ्चार आयोगले तीन ठुला चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकाभित्र डाटा सेन्टर सञ्चालन गर्न रोक लगाउने तयारी गरेको छ।
- राष्ट्रिय सुरक्षामा जोखिम देखिएका चिनियाँ कम्पनीहरूसँग अमेरिकी नेटवर्कको सिधा जडानमा प्रतिबन्ध लगाउने विषयमा आयोगले अध्ययन गरिरहेको छ।
- आगामी अप्रिल ३० मा हुने बैठकमा यो प्रस्तावमाथि प्रारम्भिक मतदान हुने भएको छ।
वासिङ्टन डीसी । अमेरिकाको संघीय दूरसञ्चार आयोग (एफसीसी)ले तीन ठुला चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई अमेरिकाभित्र डाटा सेन्टर सञ्चालन गर्न रोक लगाउने सम्भावना रहेको जनाएको छ । साथै, अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई ती चिनियाँ कम्पनीहरूसँग सिधा नेटवर्क जडान गर्न प्रतिबन्ध लगाउने विषय पनि विचाराधीन रहेको छ ।
एफसीसीले प्रारम्भिक निष्कर्षमा “कभर्ड लिस्ट” मा परेका कम्पनीहरू राष्ट्रिय सुरक्षाका लागि जोखिम हुन सक्ने ठहर गरेको छ। यस सूचीमा चाइना मोबाइल, चाइना टेलिकम र चाइना यूनिकम समावेश छन्।
नियामक निकायले यस्ता चिनियाँ कम्पनीहरूले सञ्चालन गरेका डाटा सेन्टर तथा इन्टरनेट एक्सचेञ्ज पोइन्टमा रहेका “प्वाइन्ट अफ प्रेजेन्स”हरूसँग पनि अमेरिकी कम्पनीहरूले जडान गर्न नपाउने व्यवस्था लागू गर्नेबारे अध्ययन गरिरहेको छ । त्यसैगरी, एफसीसीले सूचीमा परेका कम्पनीका सहायक संस्थाहरूलाई पनि अमेरिकामा दूरसञ्चार सेवा प्रदान गर्न नदिन सक्ने विकल्प खुला राखेको छ।
साथै, हुवावेई र जेडटीई जस्ता कम्पनीहरूको उपकरण प्रयोग गर्ने नेटवर्कसँग पनि जडान प्रतिबन्धित गर्न सकिने संकेत दिएको छ। यो प्रस्तावमाथि एफसीसीले आगामी अप्रिल ३० मा हुने बैठकमा प्रारम्भिक मतदान गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण