वार्ताअघि अमेरिका–इरान युद्धविराममा दबाब बढ्दै
सारांश
- अमेरिका र इरानबीचको दुई हप्ते युद्धविराम वार्ता हुनुअघि नै विभिन्न विवाद र आरोप-प्रत्यारोपका कारण दबाबमा परेको छ।
- स्ट्रेट अफ होर्मुजमा तेल आपूर्तिमा आएको अवरोध र लेबनानमा जारी इजरायली आक्रमणले वार्ताको वातावरणलाई थप जटिल बनाएको छ।
- शनिबार पाकिस्तानमा हुने वार्तामा युद्धविरामको दायरा र क्षेत्रीय द्वन्द्व समाधानका विषयमा दुवै पक्षबीच छलफल हुनेछ।
पाकिस्तान । अमेरिका र इरानबिच भएको दुई हप्ते युद्धविराम प्रक्रिया थप दबाबमा परेको छ । दुवै पक्षबिच पाकिस्तानमा वार्ता हुनुअघि तनाव बढेपछि वार्ता प्रक्रिया दबाबमा परेको हो ।
शनिबार दुई पक्षबिच इस्लामवादमा वार्ता हुँदैछ । अमेरिकाले स्ट्रेट अफ होर्मुजमा इरानले सहमति उल्लङ्घन गरेको आरोप लगाएको छ । इरानले भने लेबनानमा जारी इजरायली आक्रमणलाई युद्ध विरामको मुख्य विवादको विषय बनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा इरानले जलमार्गबाट तेल आपूर्ति सुचारु गर्नेतर्फ अत्यन्त खराब काम गरिरहेको टिप्पणी गरेका छन् । उनले छिट्टै नै तेल आपूर्ति पुनः सुरु हुने दाबी गरे पनि त्यसका लागि के कदम चालिनेछ भन्ने स्पष्ट पारेका छैनन् ।
युद्ध विरामको पहिलो २४ घण्टामा केवल एउटा तेल ट्याङ्कर र पाँच वटा अन्य जहाजले मात्रै उक्त जलमार्ग पार गरेको बताइएको छ । जबकि सामान्य अवस्थामा दैनिक करिब १४० जहाज आवतजावत गर्ने गर्दथे । यसले विश्वको ऊर्जा आपूर्तिमा ठुलो अवरोध सिर्जना गरेको छ ।
यसैबिच इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहका लक्ष्यहरूमा आक्रमण जारी राखेको छ । शुक्रबार बिहान इजरायली सेनाले १० वटा रकेट प्रक्षेपण स्थलमा हमला गरेको जनाएको छ । हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
अमेरिका र इजरायलले हालको युद्धविराममा लेबनानलाई समेट्न नसकिने बताएका छन् तर इरान र मध्यस्थकर्ता पाकिस्तानले लेबनान पनि उक्त सहमतिमा समावेश भएको दाबी गरेका छन् । इरानको संसद्का सभामुख मोहम्मद बाकर कालिबाफले लेबनान र क्षेत्रीय सहयोगीहरू युद्ध विरामको अभिन्न हिस्सा भएको बताएका छन् ।
शनिबार पाकिस्तानमा हुने अमेरिका–इरान वार्ताले जारी द्वन्द्व समाधान गर्ने प्रयास गर्नेछ । इरानले यसअघि १० बुँदे प्रस्ताव सार्वजनिक गर्दै स्ट्रेट अफ होर्मुजमा आफ्नो नियन्त्रण कायम राख्ने, आणविक समृद्धिको अधिकार स्वीकार गर्ने र प्रतिबन्ध हटाउने माग अघि सारेको छ । यसैबिच, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले बिहीबार आक्रमणको बदला लिने चेतावनी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण