सप्तरीमा अभद्र व्यवहार गर्ने ४ जना पक्राउ
सारांश
- सप्तरी प्रहरीले बोक्सीको आरोपमा कुटपिट गर्ने र अभद्र व्यवहार गर्ने ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा संलग्न ४ जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि म्याद थप गरेको छ । प्रहरीले बोक्सीको आरोपमा कुटपिट गर्ने एक जना र अभद्र व्यवहार गर्ने तीन जना गरी चार जनालाई पक्राउ गरेको हो ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय रामनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । यादवले गत असोज २७ गते बोदेबर्साइन–१ स्थित धनगढी टोलमा जाहेरवाला ईश्वरवती देवी यादवकी सासू आमा निरासी यादवनीलाई बोक्सीको आरोप लगाउँदै विभिन्न किसिमका गालीगलौज गरी मुखमा जबरजस्ती कालो मसो र सेतो चुन दल्ने प्रयास गरेको आरोप छ । उनलाई पक्राउ गरी अदालतबाट ६ दिनको म्याद थप गरिएको छ ।
प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिएको छ ।
सुनील कुमार सदा: सुरुङ्गा नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षीय सदाले चैत २६ गते बजार क्षेत्रमा होहल्ला गरिरहेको अवस्थामा प्रहरी टोलीले सम्झाउन खोज्दा उल्टै प्रहरीलाई गालीगलौज र ड्युटीमा बाधा पुर्याएको आरोपमा पक्राउ परेका हुन् । उनलाई ६ दिनको म्याद थप गरिएको छ ।
रामचन्द्र मण्डल: बोदेबर्साइन नगरपालिका वडा नं. १ बस्ने मण्डललाई गत माघ २५ गते मनौर टोलमा सुजान देवी यादव लगायतलाई बाँसको लाठी र हातमुक्काले कुटपिट गरी अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई पनि ६ दिनको म्याद थप गरिएको छ ।
शेखर मण्डल: महादेवा गाउँपालिका वडा नं. ४ बस्ने ४६ वर्षीय मण्डललाई चैत २६ गते राजविराज नगरपालिका वडा नं. २ मा गंगाधर प्रसाद देवलाई अपशब्द प्रयोग गरी गालीगलौज, धाकधम्की र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ । उनलाई ७ दिनको म्याद थप गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार पक्राउ परेका सबैमाथि सम्बन्धित मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण