सडक किनारामा फूल रोप्दै काठमाडौँ महानगरपालिका
शनिबार, २८ चैत २०८२, १० : ४८
सारांश
- काठमाडौँ महानगरपालिकाले 'मेरो रहर, सुन्दर र हरित सहर' कार्यक्रम अन्तर्गत सडक किनारामा गमलामा फूल रोप्न सुरु गरेको छ।
- सिंहदरबार अगाडि वेगमवेली जातका फूलहरू रोपिएका छन् भने महानगरले सिमेन्टका गमलाहरू प्रयोग गरेको छ।
- वातावरण व्यवस्थापन विभागले बिरुवाको हेरचाह गरिरहेको र आगामी दिनमा भित्री सहरमा पनि यो कार्य विस्तार गरिनेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक किनारामा गमलामा राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले ‘गौरव योजना मेरो रहर, सुन्दर र हरित सहर’ कार्यक्रम अन्तर्गत गमलामा फूल राख्न थालिएको हो ।
_kfLDRUdTCh.jpg)
आयोजनाका इन्जिनियर सरकारदीप श्रेष्ठका अनुसार अहिले सिंहदरबार अगाडिको भागमा वेगमवेली जातका फूल रोपिएका हुन् । यो फूल पहेँलो, रातो, गुलावीलगायत रङमा फुल्छ । फूल फुलाउने कार्यलाई नियमित गराउन गमलाहरू सिमेन्टका राखिएका छन् ।
_KfXL1P0b25.jpg)
किनाराका स्थायी ठुला सिमेन्टका गमलामा बिरुवा लगाउने, फूल राेप्ने, गोडमेल गर्ने तथा पानी हालेर हुर्काउन वातावरण व्यवस्थापन विभागले काम गरिरहेको छ । यसपछि भित्री सहरी क्षेत्रमा गमला राख्दै लगिने योजना रहेको श्रेष्ठको भनाइ छ ।
_sSDz1xpx7J.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण