बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इस्लामवाद वार्ता : अमेरिकी र इरानी प्रतिनिधिमण्डलमा को–को छन् ?

शनिबार, २८ चैत २०८२, १२ : ५०
शनिबार, २८ चैत २०८२

सारांश

  • पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा अमेरिका र इरानबिच वार्ता सुरु भएको छ।
  • अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने इरानी टोलीको नेतृत्व सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन्।
  • दुई देशबिच युद्धविरामको प्रयास भए पनि विश्वासको कमीले गर्दा वार्ता निष्कर्षमा पुग्नेमा अनिश्चितता छ।

काठमाडौँ । आज पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबिच वार्ता हुँदैछ । पाकिस्तानको मध्यस्थतामा ती दुई देशबिच वार्ता हुन लागेको हो । वार्ता सुरु हुनुअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले यो प्रक्रियालाई स्थायी युद्धविरामतर्फ ‘कठिन कदम’ भनेर वर्णन गरेका छन्।

इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल शुक्रबार मध्यरातमा इस्लामावाद आइसकेको छ। नूर खान विमानस्थलमा इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानी उपविदेशमन्त्री इशाक दार र फिल्ड मार्शल असिम मुनीरले स्वागत गरेका थिए।

अमेरिकी वार्ता टोलीको नेतृत्व अमेरिकी उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। भान्स नेतृत्वको प्रतिनिधिमण्डल पनि शनिबार इस्लामावाद आइपुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि उपराष्ट्रपति भान्सको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल पठाएका छन् ।

प्रतिनिधिमण्डलमा ट्रम्पका मध्यपूर्व दूत स्टिव विटकफ र जारेड कुशनर सहभागी छन् । इरानले सभामुख गालिबाफसँगै विदेशमन्त्री अब्बास अराघचीलाई वार्ताका लागि इस्लामावाद पठाएको छ। अमेरिका र इरानबिच वार्ता सुरु हुन लागे पनि दुई देशबिच विश्वासको कमी देखिएको छ ।

वार्ता निष्कर्षमा पुग्नेमा अनिश्चित छ । यसअघि गत वर्ष पनि इरान र अमेरिकाले दुई पटक वार्ता गरिसकेका छन् । ती वार्ता निष्कर्षमा पुग्नु अगावै युद्ध सुरु भएको छ । अहिले अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम भएको छ ।

यसैबिच,शुक्रबार राति पाकिस्तानी प्रधानमन्त्री शरीफले पाकिस्तानले मध्यस्थकर्ताको रूपमा वार्ता सफल बनाउन इमानदारीपूर्वक प्रयास गरिरहेको बताएका छन् । पछिल्ला हप्ता अमेरिका–इजरायल र इरानबिचको युद्धका कारण पश्चिम एसियामा तनाव बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप