इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन सुझाव
सारांश
- वातावरणविद्हरूले इन्धन खपत कम गर्न विद्युतीय ऊर्जा प्रयोग बढाउन सुझाव दिए ।
- भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्न र मास्क लगाउन सुझाव दिइयो ।
- वातावरण संरक्षण र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिइयो ।
काठमाडौँ । इन्धनखपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरूले सुझाव दिएका छन् । कैलाशकुट सामाजिक अभियानले आज यहाँको हाँडीगाउँमा आयोजना गरेको ‘स्वस्थ वातावरण आजको आवश्यकता’ विषयक कार्यक्रममा वक्ताहरूले भान्छालगायत दैनिक कामका लागि विद्युतीय उपकरणको प्रयोग गर्न सुझाव दिएका हुन् ।
वातावरणविद् भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण घटाउन भान्सामा ग्यासको सट्टा विद्युत् प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले प्लास्टिकलगायतका फोहर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा हिँडडुल गर्दा मास्कको प्रयोग गर्न सुझाव दिए ।
वातावरणविद् शिलशिला आचार्यले परम्परागत ज्ञान र सीपलाई आधार मानेर अभ्यासमा ल्याउन सके वातावरण संरक्षणमा टेवा पुग्ने धारणा राखे ।
उनले वातावरणलाई स्वास्थ र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको बताए ।
समाजका अध्यक्ष महेशकुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका विषयमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बताए । समाजका उपाध्यक्ष एवं शिक्षाविद् उत्तमराज त्रिपाठी र महासचिव इञ्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कम गरी जीवन्त हाँडीगाउँ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको जानकारी दिए ।
कार्यक्रममा भान्सामा ग्यासको सट्टा विद्युत्को प्रयोग बढाउन सके तुलनात्मक रूपमा खर्च कम हुने र वायु प्रदूषण कम हुनेबारे जानकारी दिइएको थियो । यस्तै, वायु प्रदूषणका कारण नेपालमा प्रतिवर्ष ४० हजारभन्दा बढीको मृत्यु हुने गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण