सन्जु सामसनको विष्फोटक शतकमा चेन्नाईले खोल्यो जितको खाता, दिल्ली २३ रनले पराजित
सारांश
- चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै जारी सिजनमा पहिलो जित दर्ता गरेको छ।
- सन्जु सामसनले ५६ बलमा अविजित ११५ रनको विष्फोटक शतक प्रहार गर्दै चेन्नाईलाई २१२ रनको विशाल योगफलसम्म पुर्याएका थिए।
- दिल्लीलाई १८९ रनमा रोक्न चेन्नाईका बलर जेमी ओभरटनले ४ र अंशुल कम्बोजले ३ विकेट लिएका थिए।
काठमाडौँ । इन्डियन प्रिमियर लिगको जारी सिजनमा चेन्नाई सुपर किंग्सले आफ्नो जितको खाता खोलेको छ । शनिबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गर्दै चेन्नाईले लगातार तीन हारपछिको पहिलो जित दर्ता गरेको हो । चेन्नाईको जितमा सन्जु सामसनको अविजित शतकीय पारी नायक बन्यो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २१२ रनको विशाल योगफल तयार पारेको थियो । चेन्नाईका लागि सन्जु सामसनले विष्फोटक ब्याटिङ गर्दै मात्र ५६ बलमा अविजित ११५ रन बनाए । उनलाई अर्का ब्याट्सम्यान आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाउँदै उत्कृष्ट साथ दिए । अन्त्यमा शिवम दुबेले आक्रामक खेल्दै १० बलमा अविजित २० रन जोडे ।
दिल्लीका लागि बलरहरू निकै महँगा साबित भए । अक्षर पटेलले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिनुबाहेक अन्य बलरले सफलता पाउन सकेनन् ।
२१३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले राम्रो सङ्घर्ष गरे पनि लक्ष्य भेट्टाउन सकेन । दिल्लीले निर्धारित २० ओभरमा १८९ रन मात्र बनाउन सक्यो। दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३८ बलको सामना गरे। त्यस्तै, पथुम निसान्काले २४ बलमा ४१ रन जोडे भने आशुतोष शर्माले १० बलमा १९ रन बनाए ।
दिल्लीलाई लक्ष्यसम्म पुग्न नदिन चेन्नाईका बलर जेमी ओभरटनले घातक बलिङ गरे । उनले आफ्नो ४ ओभरमा मात्र १८ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । उनलाई अंशुल कम्बोजले ३ विकेट लिएर राम्रो साथ दिए।
यो जितसँगै चेन्नाईले प्रतियोगितामा पहिलो अंक जोडेको छ र टोलीको मनोबल बढेको छ । अर्कोतर्फ, दिल्लीले भने हार व्यहोर्नुपरेको छ। खेलको नायक अविजित शतक प्रहार गर्ने सन्जु सामसन घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण