अल्कारेजलाई पछार्दै सिन्नर पुनः विश्व नम्बर एक
सारांश
- इटालीका यानिक सिन्नरले कार्लोस अल्कारेजलाई पराजित गर्दै पुनः विश्व टेनिस वरीयताको शीर्ष स्थानमा कब्जा जमाएका छन्।
- सिन्नरले मोन्टे कार्लो मास्टर्सको फाइनलमा ७-६ र ६-३ को सोझो सेटमा जित निकाल्दै यस वर्षको आफ्नो तेस्रो मास्टर्स उपाधि जितेका छन्।
- महिलातर्फको लिन्ज ओपनमा १८ वर्षीया मिरा एन्ड्रीभाले अनास्तासिया पोटापोभालाई हराउँदै पाँचौँ डब्लुटिए टुर उपाधि जितेकी छन्।
मोनाको । इटालीका स्टार टेनिस खेलाडी यानिक सिन्नर विश्व वरीयताको शीर्ष स्थानमा फर्किएका छन्। मोनाकोमा सम्पन्न मोन्टे कार्लो मास्टर्सको फाइनलमा साविक विजेता तथा विश्व नम्बर एक कार्लोस अल्कारेजलाई ७-६ र ६-३ को सोझो सेटमा पराजित गर्दै सिन्नरले गत नोभेम्बरपछि पहिलोपटक शीर्ष स्थानमा कब्जा जमाएका हुन्।
विश्वका उत्कृष्ट दुई खेलाडीबिचको यो भिडन्त निकै तनावपूर्ण र प्रतिस्पर्धात्मक रहे पनि सिन्नरले आफ्नो लयलाई कायम राख्दै नतिजा आफ्नो पक्षमा पारे। खेलका दौरान दुवै खेलाडीलाई हावाहुरी चल्ने मौसमले निकै सताएको थियो, जसका कारण मैदानमा अनपेक्षित प्रदर्शनहरू देखिए।
खेलभरि दुवै पक्षबाट कुल ८३ वटा अनफोर्स एरर भएका थिए। पहिलो सेटको टाई-ब्रेकरमा सिन्नरले उत्कृष्ट सर्भिसको प्रदर्शन गरे भने अल्कारेजको डबल फल्ट'को फाइदा उठाउँदै ७-५ ले सेट आफ्नो पक्षमा पारे। दोस्रो सेटमा सुरुवाती अग्रता अल्कारेजले लिए पनि सिन्नरले सानदार पुनरागमन गर्दै ४-३ को अग्रता बनाए र अन्ततः २७औँ एटिपी टुर उपाधि पक्का गरे।
यो जितसँगै २४ वर्षीय सिन्नरको यस वर्षको सफलताको सूची झन् लामो बनेको छ। इन्डियन वेल्स र मियामी जितेका उनले मोन्टे कार्लोमा पनि कब्जा जमाउँदै यसै वर्षको तेस्रो मास्टर्स १००० उपाधि हात पारेका हुन्।
साथै, मास्टर्स सिरिजका खेलहरूमा उनको अपराजित यात्रा अब २२ खेलसम्म पुगेको छ। उपाधि जितेपछि सिन्नरले क्ले कोर्टमा खेल्न सिक्दै गर्दा यति ठुलो सफलता मिल्नु र पुनः नम्बर एक बन्नु आफ्ना लागि निकै महत्त्वपूर्ण रहेको बताए।
यसैबिच, महिलातर्फको लिन्ज ओपनमा १८ वर्षीया रुसी खेलाडी मिरा एन्ड्रीभाले उपाधि जितेकी छन्। शीर्ष वरीयता प्राप्त एन्ड्रीभाले स्थानीय समर्थकको साथ पाएकी अनास्तासिया पोटापोभालाई १-६, ६-४ र ६-३ को सेटमा पराजित गरिन्।
पहिलो सेट गुमाएर पनि पुनरागमन गरेकी एन्ड्रीभाको यो पाँचौँ डब्लुटिए टुर उपाधि हो। पहिलोपटक क्ले कोर्टमा आयोजना गरिएको यस प्रतियोगितामा विश्व नम्बर ९७ पोटापोभाले सुरुवाती दबाब दिए पनि एन्ड्रीभाको धैर्यताका अगाडि उनी टिक्न सकिनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण