कोलकाताबाट खेल्न मथिसा पाथिरानालाई श्रीलंका क्रिकेटको एनओसी
सारांश
- श्रीलंकाली तीव्र गतिका बलर मथिसा पाथिरानाले फिटनेस टेस्ट पास गरेसँगै आईपीएल खेल्न भारत जाने अनुमति पाएका छन्।
- पाथिराना १७ अप्रिलमा भारत पुग्नेछन् भने कोलकाताको मेडिकल टिमको परीक्षणपछि १९ अप्रिलको खेलका लागि उपलब्ध हुनेछन्।
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा लगातारको हारले संकटमा परेको कोलकाता नाइट राइडर्सका लागि सुखद खबर आएको छ। श्रीलंकाली तीव्र गतिका बलर मथिसा पाथिरानाले श्रीलंका क्रिकेट (एसएलसी) को अनिवार्य फिटनेस टेस्ट पास गरेसँगै उनलाई भारत जान अनुमति (एनओसी) दिइएको छ।
ईएसपीएन क्रिकइन्फोका अनुसार चोटबाट पर्याप्त सुधार गरेका पाथिराना १७ अप्रिलमा गुजरात टाइटन्सविरुद्धको खेल हुने दिन भारत पुग्नेछन्। यद्यपि, कोलकाताको मेडिकल टिमले फिट घोषित गरेपछि मात्र उनी १९ अप्रिलमा राजस्थान रोयल्सविरुद्ध हुने घरेलु खेलका लागि छनोटमा उपलब्ध हुनेछन्।
१८ करोड भारुमा कोलकाताले भित्र्याएका पाथिराना यस वर्षको सुरुमा भएको टी–२० विश्वकपका दौरान पिँडुलाको चोटबाट ग्रसित थिए । जारी सिजन कोलकाताको अवस्था निकै कमजोर देखिएको छ। चार खेलमध्ये तीनमा हार र एउटा खेल वर्षाले रद्द भएपछि टोली अंक तालिकाको पुछारमा छ।
टोलीका प्रमुख बलरहरू हर्षित राणा र आकाश दीप चोटका कारण बाहिरिनु, मुस्ताफिजुर रहमानलाई बिसीसीआईको निर्देशनमा फुकुवा गर्नु र वरुण चक्रवर्ती लयमा नहुनुले कोलकाताको बलिङ पक्ष निकै कमजोर बनेको थियो।
टोलीले पहिलो खेलमा २२० रनको योगफल जोगाउन सकेको थिएन भने मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादविरुद्ध पनि बलिङमै संघर्ष गरेको थियो । गत बिहीबार लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा पनि डेथ ओभरमा नियन्त्रण गुमाउँदा कोलकाताले पराजय भोग्नुपरेको थियो।
पाथिरानाको पुनरागमनले कोलकाताको बलिङ आक्रमण बलियो हुने अपेक्षा गरिएको छ । अर्का श्रीलंकाली खेलाडी वानिन्दु हसरंगा भने चोटकै कारण यस सिजनको आईपीएलबाट पूर्ण रूपमा बाहिरिइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण